काठमाडौँ विश्वविद्यालयका विद्यार्थीले बनाएका सामग्री प्रदर्शनीमा
काठमाडौँ । कपडाका टुक्रा, बाँसको सिङ्का र नेपाली कागजका टुक्रा बटुलेर साथीहरुको सामूहिक प्रयासमा बनेका हस्तकलाका सामग्री देखेर सुमनिता बज्राचार्य उत्साहित छिन् । उनी सुरुमा कठिन लागेको हस्तकलाको सिर्जना साथीहरुको मिलेमतोमा पूरा गर्न पाउँदा सहकार्यको अनुभूति महसुस भएको बताउँछिन् ।
नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा यतिबेला स्नातक तहका विद्यार्थीले सामूहिक रुपमा बनाएका कलात्मक सामग्री प्रदर्शन गरिएको छ । युवापुस्ताले परम्परागत कच्चापदार्थ प्रयोग गरेर सांस्कृतिक आकृति झल्किने हस्तकला बनाएका छन् । काठमाडौँ विश्वविद्यालय स्कुल अफ आट्र्स र स्कुल अफ इञ्जिनियरिङले सो प्रदर्शनी आयोजना गरेको हो ।
विश्वविद्यालयको कला तथा डिजाइन विभागअन्तर्गत शिल्पकला तथा डिजाइन सङ्कायका विद्यार्थीद्वारा कार्यशालाामा सिर्जित कलाकृति ‘रिइम्याजिन ट्रेडिसन–२’ प्रदर्शनी राखिएको हो । यसमा थुप्रै विद्यार्थीको सामूहिक कार्य देख्न सकिन्छ । जसमध्ये, विद्यार्थी सुमनिता ब्रजाचार्य, श्यालभिया महर्जन, कृतिका खत्री र प्रज्ञा अर्याल प्रायः ग्यालरीमा कला अवलोकन गर्न आउने दर्शकलाई स्वागत गर्न बसेका छन् । उनीहरुले कला कसरी बनाएको ? भन्ने धेरै दर्शकको प्रश्नलाई प्रक्रियागत विवरण सुनाउँछन् ।
साथै बनाउने क्रममा साथीहरुबीच हुने सहकार्य र मिलनपूर्ण व्यवहारको पनि अनुभूति सुनाउँछन् ।
सुमनिताकी साथी श्यालभियाले समूहमा काम गर्दा कतिपय फरक स्वभावलाई स्वीकार गरेर सहकार्य गर्नुपर्ने बानी विकास हुने बताइन् । उनले हस्तकला पछिल्लो समय लोप हुँदै गएकाले युवापुस्ता यसको जर्गेनामा लाग्नुपर्ने धारणा राखिन् । त्यसैले पनि उनले परम्परागत रुपमा परिचित हस्तकलालाई सिकेर भविष्यमा यही क्षेत्रमा व्यवसायी बन्ने सोच बनाएको बताइन् ।
प्रदर्शनीमा विद्यार्थीले बाँस, नेपाली कागज, धागो, कपडा, फलामका, पराल, कपास, सिसाका टुक्रा, तामाको भाँडालगायत सामग्री जडान गरेर नवीन शैलीका आकृति सिर्जना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
-
आज यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
नारच्याङमा ७६औँ अन्नपूर्ण आरोहण दिवस मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण