हेटौँडा सडक विस्तार विरुद्धको मुद्दाबारे सर्वोच्चमा सुनुवाइ हुँदै
शुक्रबार, २६ मङ्सिर २०८२, ११ : १०
सारांश
- हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ।
- सर्वोच्च अदालतको इजलासमा उक्त मुद्दाको सुनुवाइ न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासमा हुँदैछ।
- रास्वपा नेतृ विन्दवासिनी कंसकारसहित ६ जनाले डिभिजन सडक कार्यालय हेटौँडालाई विपक्षी बनाएर मुद्दा दायर गरेका हुन्।
हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको पेसी चढेको छ । सर्वोच्च अदालतको इजलास नम्बर २ मा उक्त मुद्दाको पेसी तोकिएको हो ।
डिभिजन सडक कार्यालय हेटौँडाको निर्णयविरुद्ध विन्दवासिनी कंसकार समेतले १६ मङ्सिरमा दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सर्वोच्चको दैनिक पेसी सूचीअनुसार उक्त मुद्दाको सुनुवाइ न्यायाधीश कुमार रेग्मी र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासमा तोकिएको छ । इजलास नम्बर २ मा रहेको सो मुद्दा ‘ख’ क्रममा सूचीकृत छ ।
रास्वपा नेतृ एवम् पूर्वसांसद विन्दवासिनी कंसकार समेत ६ जनाले डिभिजन सडक कार्यालय हेटौँडा, मकवानपुर सहितका निकायलाई विपक्षी बनाएर दायर गरेको उक्त मुद्दामा मङ्सिर १९ मा उत्प्रेषण आदेश गरेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण