शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत

शुक्रबार, २६ मङ्सिर २०८२, १६ : २०
शुक्रबार, २६ मङ्सिर २०८२

कैलाली । सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वाटर कैलालीले दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास कार्यक्रम गरेको छ । नेपाली सेना र नेपाल प्रहरीको सहकार्यमा आज धनगढीमा सडक दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास कार्यक्रम गरिएको हो ।

उद्धार अभ्यासमा दुर्घटनापछि जनधनको क्षति न्यूनीकरणका लागि गरिने नमुना उद्धार अभ्यास प्रस्तुत गरिएको थियो । त्यस्तै सडक दुर्घटनामा प्रहरीसहित सबै सुरक्षा निकायको भूमिका, घाइतेको उद्धार, ट्राफिक व्यवस्थापनलगायतको नमुना अभ्याससमेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले सडक दुर्घटना दिनानुदिन चुनौतीको विषय बन्दै गएको उल्लेख गर्दै यस्ता नमुना अभ्यास कार्यक्रम महत्वपूर्ण र समसामयिक हुने बताए ।

उनले भने, “यस्ता कार्यक्रमको अझै व्यापक रुपमा प्रचारप्रसार गर्नुपर्छ, सडक दुर्घटना भइसकेपछि होसियारी अपनाउनुपर्ने कुरा तथा सबै सुरक्षा निकायको भूमिका स्पष्ट हुनुपर्ने हुन्छ, जुन यहाँ देखिएको छ ।” यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले यस्ता कार्यक्रमले सडक दुर्घटनापछि उद्धारलाई अझ चुस्त र प्रभावकारी बनाउन सहज हुने बताए । सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वाटरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रराज रञ्जितले सडक दुर्घटनामा सशस्त्र प्रहरी पनि खटिँदै आएको उल्लेख गर्दै त्यसलाई मध्यनजर गरेर कृत्रिम उद्धार अभ्यास गरिएको बताए ।

उनले भने, “प्राविधिक तथा मानवीय त्रुटिले दुर्घटना भइरहेका हुन्छन्, दुर्घटनापछि कसरी क्षति कम गर्न सकिन्छ भनेर पूर्वअभ्यास गरेका हौँ ।”

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप