घर फर्किने नाममा प्रतिनिधि चयनप्रति पनि आपत्ति
सारांश
- एमालेको महाधिवेशनमा प्रतिनिधि मनोनित गरिएका केही नाममा प्रेस चौतारीका सुवेदीले आपत्ति जनाएका छन्।
- पार्टीले तत्कालीन नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको थियो।
- केन्द्रीय सदस्य नरहेका व्यक्ति प्रतिनिधि हुँदा प्रेस चौतारीमा फर्किएका कोही पनि प्रतिनिधि नहुने कुरा खेदजनक रहेको सुवेदीले बताए।
काठमाडौँ । नेकपा (एमाले) को महाधिवेशनका सिलसिलामा पार्टीले चलाएको ‘घर फर्क’ अभियानअन्तर्गत महाधिवेशन प्रतिनिधि मनोनित भएका १८ जनामध्ये केही नामप्रति घर फर्किने अभियान (प्रेस चौतारी) का विश्वमणि सुवेदीले आपत्ति जनाएका छन् ।
पार्टीले तत्कालीन नेकपा एकीकृत समाजवादीमा केन्द्रीय सदस्य रहेकालाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको थियो । त्यसअनुसार तत्कालीन पार्टीमा केन्द्रीय सदस्य रहेका १८ मध्ये १३ जना केन्द्रीय सदस्य रहे पनि अन्य ५ जना नरहेको सुवेदीले जनाएका छन् ।
‘एउटा विधि निर्माण गर्ने र अर्कै निर्णय गर्ने कुरा आफैँ स्वीकार्य छैन । पार्टी नेतृत्वलाई यो जानकारी समयमै दिइएको थियो’, सुवेदीले भनेका छन्, ‘यदि केन्द्रीय सदस्य नरहेका व्यक्ति प्रतिनिधि हुने हो भने तत्कालीन समाजवादी प्रेस सङ्गठनलाई प्रेस चौतारीमा फर्काउने नेतृत्व सहितका नेताहरू प्रतिनिधिका दाबेदार हुने भनिएको थियो । तर, तत्कालीन पार्टीको केन्द्रीय सदस्य नरहेका व्यक्तिहरू प्रतिनिधि हुँदा प्रेस चौतारीमा फर्किएका कोही पनि प्रतिनिधि नहुने कुरा खेदजनक छ ।’
सुवेदीका अनुसार उपेन्द्र साह रौतहट, लोकविक्रम थापा– कञ्चनपुर, वीरेन्द्र यादव मोरङ, डा.उद्धव पोखरेल, मोरङ र शर्मिला गुरुङ मोरङ केन्द्रीय सदस्य नभए पनि महाधिवेशन प्रतिनिधि मनोनीत गरेकोमा बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण