शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
एमाले महाधिवेशन

भृकुटीमण्डप पुगे ओली, केन्द्रीय कमिटी बैठक केहीबेरमा सुरु हुने

आइतबार, २८ मङ्सिर २०८२, १० : ३७
आइतबार, २८ मङ्सिर २०८२

सारांश

  • एमाले अध्यक्ष केपी शर्मा ओली महाधिवेशन स्थल भृकुटीमण्डप पुगेका छन्।
  • ओलीले केन्द्रीय कमिटी बैठक आह्वान गरेका थिए, जुन अब सुरु हुनेछ।
  • एमालेको बन्दसत्र भृकुटीमण्डपमा सुरु हुँदैछ, र नयाँ नेतृत्व चयन हुनेछ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाधिवेशन बन्दसत्र स्थल भृकुटीमण्डप पुगेका छन् । ओली भृकुटीमण्डप पुगेसँगै केन्द्रीय कमिटी बैठक केही समयमा सुरु हुने भएको छ । 

बन्दसत्र १२ः३० बजेका लागि सार्दै अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक आह्वान गरेका थिए । अध्यक्ष ओली विभिन्न पदाधिकारीका आकांक्षीसँगको भेटमा व्यस्त भएपछि बैठक केही ढिलो हुन पुगेको हो ।

1-3

बैठकमा ओलीले विधान संशोधन प्रस्ताव ल्याउने तयारी गरेका छन्। पदाधिकारी १९ र केन्द्रीय समिति ३०१ बनाउन प्रस्ताव गर्ने ओलीको तयारी छ ।

2-4

पार्टी महाधिवेशन अन्तर्गत आजबाट एमालेको बन्दसत्र पनि भृकुटीमण्डपमा सुरु हुँदैछ । एमालेको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले दाबी गरेका छन् । नयाँ नेतृत्व चयन गर्दै जारी महाधिवेशन सोमबार समापन गर्ने तयारी छ । 

3-5

1-kp oli

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप