उपत्यकामा ३ वटा प्रहरी कार्यालय पुनर्निमाण गरेर प्रहरीलाई हस्तान्तरण
सारांश
- काठमाडौं उपत्यकाका ३ वटा प्रहरी कार्यालय पुनर्निर्माण गरी नागरिक अगुवाहरूले हस्तान्तरण गरे।
- ललितपुरको सातदोबाटो र बौद्धका प्रहरी वृत्त हास्य कलाकार किरण केसीको नेतृत्वमा पुनर्निर्माण गरियो।
- प्रहरी वृत्त बौद्धको भवन १ करोड ५० लाख लागतमा पुनर्निर्माण सम्पन्न भएको डीएसपी सन्तोष रोकाले जानकारी दिए।
काठमाडौँ । काठमाडौँ उपत्यकाको ३ वटा प्रहरी कार्यालय पुनर्निर्माण गरेर नागरिक अगुवाहरूले प्रहरीलाई हस्तान्तरण गरेका छन् । ललितपुरको सातदोबाटोमा अवस्थित प्रहरी वृत्त, ट्राफिक प्रहरी परिसर र काठमाडौँको बौद्धमा अवस्थित प्रहरी वृत्त पुनर्निमाण पछि स्थानीयले प्रहरीलाई हस्तान्तरण गरेका हुन् । आइतबार भएको हस्तान्तरण कार्यक्रममा आईजीपी दानबहादुर कार्की उपस्थित थिए ।
सातदोबाटोमा रहेको प्रहरी वृत्त र ट्राफिक प्रहरी परिसर हास्य कलाकार किरण केसी ‘राता मकै’ को नेतृत्वमा पुनर्निर्माण गरिएको हो । जेनजी प्रदर्शनको क्रममा उच्छृङ्खल समूहले आगजनी गरेपछि त्यहाँको पुनर्निर्माणकाे नेतृत्व हास्य कलाकार केसीले गरेका थिए ।
नेपाल प्रहरीको ७० औँ स्थापना दिवसको अवसरमा असोज ३१ मा ‘राता मकै’ लाई सम्मान पनि गरिएको थियो । प्रहरी वृत्त सातदोबाटो भवन सुरुमा निर्माण गर्दा पनि केसीले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
प्रहरी वृत्त बौद्धको कार्यालय र ब्यारेक भवन पनि पुनर्निर्माण गरेर स्थानीयले प्रहरीलाई हस्तान्तरण गरेका छन् । जेनजी प्रदर्शनमा आगजनी भएको बौद्ध प्रहरीको भवन करिब करिब १ करोड ५० लाख लागतमा पुनर्निर्माण सम्पन्न भएको डीएसपी सन्तोष रोकाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण