दुम्सी मार्ने क्रममा प्वालमा अड्किएका पुरुषको सकुशल उद्धार
आइतबार, २८ मङ्सिर २०८२, १६ : ३५
काठमाडौँ । दुम्सी मार्ने क्रममा फसेका एक पुरुषको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
सप्तरीको कन्चनरुप नगरपालिका–११ स्थित बक्सा बस्ने ५० वर्षीय दिलीप रेग्मी दुम्सी मार्न दुम्सी बस्ने प्वालमा छिर्ने क्रममा अड्किएका थिए ।
सो लगत्तै उनीसँगै गएका उनका साथीहरूले जानकारी गराएपछि पश्चात् सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदह र सितापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजसहित नेपाल प्रहरीको संयुक्त टोलीले ५ घण्टादेखि जमिनमुनि फसेका रेग्मीलाई करिब २० मिटर भित्रबाट सकुशल उद्धार गरेको हो ।
उद्धार पश्चात् उनलाई उपचारको लागि धर्मेश्वर अस्पताल ठेलियातर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण