पूर्वसांसद चालिसेको साढे ३ करोडको सम्पत्ति अस्वाभाविक, ऋण लिएको भन्दै पेस गरे तमसुक
सारांश
- गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर सन्तोष चालिसेविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर भएको छ।
- अनुसन्धानका क्रममा चालिसे र उनको परिवारको वैध आयभन्दा खर्च बढी देखिएपछि ३ करोड ६८ लाख रुपैयाँ बिगो कायम गरिएको छ।
- अस्वाभाविक सम्पत्ति जफतका लागि चालिसेसहित परिवारका सदस्यलाई प्रतिवादी बनाइएको छ।
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका तत्कालीन नगर प्रमुख एवं विघटित प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीत कार्य गरी अस्वाभाविक सम्पत्ति जोडेको भन्दै ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा आरोपपत्र दायर भएको हो।
काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित भई संघीय संसदको अर्थ समितिका सभापति समेत बनेका चालिसेले गोकर्णेश्वर नगरपालिकाको मेयर रहँदा (२०७४ जेठ ८ देखि २०७९ असार ३२ सम्म) को अवधिलाई आधार मानेर सम्पत्ति छानबिन गरिएको थियो।
अनुसन्धानका क्रममा चालिसे र उनको परिवारको वैध आय ४ करोड ८८ लाख ३५ हजार ८ सय ३३ रुपैयाँ मात्र देखिएको छ। जसमा उनको सार्वजनिक सेवा प्रवेश पूर्वको मौज्दात, पारिश्रमिक, भत्ता, छोरा तथा बुहारीको पारिश्रमिक, बैंक तथा सहकारीको ऋण, सेयर बिक्री र जग्गा बिक्री लगायतका स्रोतहरू समावेश छन्।
तर, सोही अवधिमा चालिसेको खर्च तथा लगानी भने आयभन्दा निकै बढी देखिएको छ। घर निर्माण, आन्तरिक सजावट, जग्गा खरिद, सेयर खरिद, कर्जा भुक्तानी, जीवन बीमा र विभिन्न कम्पनीमा लगानी गर्दा उनले ८ करोड ५६ लाख ८३ हजार ५ सय ९५ रुपैयाँ खर्च गरेको पाइएको छ।
यसरी हेर्दा उनको कुल वैध आयभन्दा कुल खर्च तथा लगानी ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ बढी देखिएको छ। उक्त रकमको स्रोत पुष्टि नभएपछि सोही रकम बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाहीको माग गरिएको छ।
चालिसेले अनुसन्धानका क्रममा विभिन्न व्यक्तिसँग ऋण लिएको भन्दै तमसुक पेस गरे पनि ती कागजपत्रहरू पछि तयार पारिएको ठहर गरिएको छ। जाँच अवधिभित्र पारेर पछिबाट खडा गरिएका लिखतहरूले वैधानिक स्रोत पुष्टि गर्न नसकेको र उनले अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको आरोपपत्रमा उल्लेख छ।
गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिबाट बढेको बढाइएको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनकी श्रीमती मन्दिरा चालिसे, छोराहरू सागर र सन्जीव चालिसे तथा बुहारी प्रमिला पोखरेललाई समेत प्रतिवादी बनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण