झापाको गौरादहमा एकल साँझमा गुञ्जिए रामकृष्ण ढकाल
काठमाडौं । गायक रामकृष्ण ढकाल झापाको गौरादहमा एकल साँझमा गुञ्जिएका छन् । लाइन्स क्लब अफ गौरादहको आयोजनामा भएको ‘रामकृष्ण ढकाल एकल सांगीतिक साँझ’मा उनले आफ्ना नयाँ-पुराना गरी दुई दर्जन गीतमार्फत दर्शक-श्रोतालाई मन्त्रमुग्ध पारे ।
शुक्रबार गौरादह उद्योग वाणिज्य संघको अतिथि भवनमा खचाखच दर्शकमाझ रामकृष्ण ‘बिहान उठ्ने बित्तिकै’ गाउँदै स्टेज उक्लिए । झापा लगायत छिमेकी जिल्लाबाट समेत आएका एक हजार भन्दा बढी दर्शकहरुलाई उनले ओराली लागेको, मन पराउने हजार, हीरा काट्ने, माया गर्नेको, बाँचुञ्जेलीलाई, छिटको गुन्यू, माया जदौ लगायत लोकप्रिय गीत सुनाएर झुमाए ।

पछिल्लो समय रुचाइएको गीत ‘फूलको आफ्नै कथा’ र रामकृष्ण आफैंले निर्माण गरिरहेको फिल्म ‘मालती मंगले’को एक गीत समेत एकल साँझमा उनले गाएका थिए । युगल गायनलाई रामकृष्णलाई गायिकाहरु टीका प्रसाईं र सञ्जिता बरालले साथ दिएका थिए ।
कार्यक्रमबाट उठेको रकम एक असहाय वृद्ध आमाको सुरक्षित आवास निर्माणका लागि खर्च गरिने आयोजक लाइन्स क्लब अफ गौरादहले जनाएको छ ।

‘गौरादह र झापाका दर्शकमाझ पहिलोपटक आफ्नो प्रस्तुति लाइभ ब्यान्डमा सुनाउन पाउँदा खुसी छु । सामाजिक कार्यका लागि समेत भएको यस्तो कार्यक्रममा सहभागी हुन पाएँ । छोरा बितेर एक्लै रहनुभएकी एक जना वृद्ध आमाको घर निर्माणमा योगदान दिने कार्यक्रमको उद्देश्य हो,’ रामकृष्णले रातोपाटीसँग भने, ‘सोचेभन्दा राम्रो कार्यक्रम भयो । टाढा-टाढादेखि दर्शकहरु आइदिनुभयो । सबैभन्दा न्यानो माया र धन्यवाद भन्न चाहन्छु ।’ आवास निर्माणका लागि आफूले पनि व्यक्तिगत रुपमा ११ हजार १११ रुपैयाँ सहयोग गरेको उनले बताए ।

गौरादहलाई चिनाउने गीत 'गौरादहको बजारैमा'का गायक तथा सर्जक सीताराम ताजपुरियालाई समर्पण गर्दै रामकृष्णले सोही गीत पनि गाएर सुनाएका थिए । उक्त अवसरमा गायक ताजपुरियालाई सम्मान समेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण