एमाले महाधिवेशन
३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण
सोमबार, २९ मङ्सिर २०८२, ११ : ११
सारांश
- नेकपा एमालेको महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।
- सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको हो, जसमा पदाधिकारीका लागि १४ सयभन्दा बढी मनोनयन फारम वितरण गरिएको छ।
- भृकुटीमण्डपमा कार्यकर्ता तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको छ, निर्वाचन आयोगले तयारी तीव्र पारेको छ।
काठमाडौँ । नेकपा एमालेको जारी महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। सहमतिको प्रयास सफल नभएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको छ । सोमबार बिहान मनोनयन दर्ताका लागि फाराम वितरण हुँदा आकाङ्क्षीहरूको संख्या अत्यधिक देखिएको छ।
एमाले महाधिवेशन प्रचार कमिटीका सदस्य चेतन अधिकारीका अनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटी (पदाधिकारी सहित) का लागि १४ सय भन्दा बढी मनोनयन फारम वितरण भइसकेको छ। फारम वितरण र दर्ताका लागि आज दिउँसो साढे १ बजेसम्मको समय तोकिएको छ।
महाधिवेशन स्थलमा भृकुटीमण्डपमा कार्यकर्ता तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको छ भने निर्वाचन आयोगले आफ्नो तयारी तीव्र पारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण