रुकुम-पश्चिमबाट कांग्रेसका उम्मेदवार सिफारिस, गगन पक्षको असहमति
सुर्खेत । नेपाली कांग्रेस रुकुम-पश्चिमले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिमा लामो रस्साकस्सी र विवादका बिच प्रत्यक्षतर्फ दुई जनाको नाम सिफारिस गरिएको हो ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ वर्तमान जिल्ला सभापति प्रेमप्रकाश ओली र नेता गोपालजीजंग शाहको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ मानबहादुर नेपाली र मनिषा भण्डारीको नाम सिफारिस गरिएको छ भने राष्ट्रियसभाका लागि वीरबहादुर ओलीको नाम सिफारिस गरिएको छ । सूचीमा राखिएको छ ।
मंसिर २४ गतेदेखि छलफल सुरु गरेर सर्वसम्मत उम्मेदवार चयन गर्ने प्रयास गरिएपनि सहमति जुट्न सकेन । यो सिफारिसप्रति महामन्त्री गगन थापा समूहका नेताहरुले असहमति जनाएका छन् । असहमति हुँदाहुँदै पनि संस्थापन पक्षले एकलौटी निर्णय गर्दै सिफारिस केन्द्रमा पठाएको नेताहरूले बताएका छन् ।
कार्यसमिति बाहिरका आकांक्षीहरू राजु केसी र शिव आचार्यले पनि निर्णय प्रक्रियामा असहमति जनाएका छन् । पूर्व महाधिवेशन प्रतिनिधि समेत रहेका केसीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दाबी गरेका थिए । उनले सामाजिक सञ्जालमार्फत संस्थापनको निर्णय विरुद्ध प्रतिवाद गरेका छन् ।
जिल्ला सभापति प्रेमप्रकाश ओली संस्थापन पक्षमा हुन् । जिल्ला कार्यसमितिमा उनी पक्षको बहुमत छ । इतर पक्षका आकांक्षीहरूको विरोध र असहमति रहेपनि कार्यसमितिको बहुमतले ओली र शाहसहितको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण