मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

शंकर पोखरेलले किन गरे महासचिवमा दाेहाेरिने निर्णय ?

सोमबार, २९ मङ्सिर २०८२, १७ : ५५
सोमबार, २९ मङ्सिर २०८२

काठमाडाैँ । नेकपा (एमाले)का नेता शंकर पोखरेलले चुनौततिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण आफूले महासचिव पदमा दोहोरिने निर्णय गरेको बताएका छन् ।

सोमबार पार्टीको बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकको राष्ट्रिय राजनीति चुनौतिपूर्ण अवस्थामा रहेको कारण उक्त चुनौतिहरु चिर्न सिंगो पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्न खोजिरहेको जिकिर गरे ।

उनले पार्टीमा गर्न बाँकी कम्युनिष्ट आन्दोलनका कामहरु सम्पन्न गर्न पार्टीको निर्देशनअनुसार कार्यकर्ताहरु चल्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

उनले केपी शर्मा ओलीको नेतृत्वमा मुलुकको राजनीतिमा देखिएका चुनौतीहरु सामना गर्ने संकल्प समेत आफूहरुले गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप