कांग्रेसद्वारा प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
सारांश
- नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरिरहेको छ।
- गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जिल्लाबाट आएका नाम केन्द्रमा पठाउने बताए।
- निर्वाचनमा जित्ने सम्भावना भएका व्यक्तिको नाम रायसहित केन्द्रमा पठाइनेछ।
गण्डकी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरिरहेको छ । गण्डकी प्रदेशमा पनि क्षेत्रीय समिति, जिल्ला समिति हुँदै प्रदेश समितिमा उम्मेदवारको नाम सिफारिस गरिएको हो ।
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले जिल्लाबाट सिफारिस भई आएका उम्मेदवारको नाम रायसहित केन्द्रमा पठाइने बताए । “प्रदेशका नौ जिल्लाबाट उम्मेदवारको नाम सिफारिस भइसकेको छ, मनाङ र मुस्ताङबाट नाम आउने क्रममा छ”, उनले भने, “सबै जिल्लाको नाम आइसकेपछि रायसहित केन्द्रमा सिफारिस गर्छौँ ।”
केन्द्रले एक निर्वाचन क्षेत्रबाट तीन जना सम्भावित उम्मेदवारको नाम सिफारिस गर्न भने पनि क्षेत्रीय समितिले धेरै जनाको नाम पठाएकाले प्राप्त भएका सबै नाम केन्द्रमा पठाइने सभापति शर्माले बताए । निर्वाचनमा जित्ने सम्भावना भएका, मतदातामाझ लोकप्रिय, पार्टीमा योगदान पुर्याएको र सक्षम व्यक्तिका बारेमा रायसहित केन्द्रमा नाम सिफारिस गरिने उनले उल्लेख गरे ।
गण्डकी प्रदेशमा प्रतिनिधिसभातर्फ १८ निर्वाचन क्षेत्र छन् । विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकीमा कांग्रेसले १० स्थानमा जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण