एमालेमा को–को भए निर्विरोध ?
सारांश
- एमाले महाधिवेशनमा विभिन्न पदका लागि परेका उम्मेदवारीमध्ये केही निर्विरोध चयन भएका छन्।
- लुम्बिनी प्रदेश, मधेशी क्लस्टर, मुस्लिम क्लस्टर लगायतका क्षेत्रबाट उम्मेदवारहरू निर्विरोध भएका हुन्।
- युवा, महिला र प्रवास क्षेत्रका कोटामा परेका उम्मेदवारहरू पनि निर्विरोध निर्वाचित भएका छन्।
काठमाडौँ । नेकपा एमालेको जारी महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै कतिपय उम्मेदवार निर्विरोध भएका छन् ।
लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्य महिला कोटा ३ जनामा गुमा देवी आचार्य (गोमा), मेनका कुमारी पोखरेल र शान्ति देवी ढकालको मात्र उम्मेदवारी परेकोले उनीहरू निर्विरोध भएका छन्।
युवा कोटा एक जनाको रहेकोमा लिलामणि गौतमको मात्र उम्मेदवारी परेकोले उनी पनि निर्विरोध भएका छन्।
मधेशी क्लस्टरमा युवा कोटा २ रहेकोमा अमर कुमार यादव र रोनित शाहको मात्र उम्मेदवारी परेकोले उनीहरू पनि निर्विरोध भएका छन्।
मुस्लिम क्लस्टरमा महिला कोटा एक रहेकोमा खाजिदा खातुन सिद्धिकी निर्विरोध भएकी छिन्।
श्रमिक क्लस्टरमा महिला कोटा २ रहेकोमा कमला देवी तामाङ र सिता लामाको मात्र उम्मेदवारी परेकोले उनीहरू निर्विरोध भएका छन्।
पिछडिएको क्षेत्रबाट महिला कोटा १ रहेकोमा वदमी क्वारी बुढा (बोहरा) निर्विरोध भएकी छिन्।
प्रवास क्षेत्र अन्तर्गत दक्षिण एसियामा एक कोटा रहेकोमा हरि प्रसाद घिमिरे निर्विरोध भएका छन्।
केन्द्रीय सदस्य (खुला युवा)मा २ कोटा रहेकोमा नरेश रोकाया र सुशील कुमार थापाको मात्र उम्मेदवारी परेपछि निर्विरोध भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण