एमाले नेता राजेन्द्र गौतमले फिर्ता लिए उम्मेदवारी
मङ्गलबार, ०१ पुस २०८२, ०९ : ५३
सारांश
- नेकपा एमालेका नेता राजेन्द्र गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता लिए।
- उनले पार्टीको आग्रहपछि उम्मेदवारी फिर्ता लिएको बताए, तर मतपत्रमा उनको नाम रहनेछ।
- गौतमले खुला केन्द्रीय सदस्यमा भने आफ्नो उम्मेदवारी कायमै राख्ने बताए।
काठमाडौँ । नेकपा एमालेका नेता राजेन्द्र गौतमले उपमहासचिवबाट उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीको ११औँ महाधिवेशनअन्तर्गत सोमबार उनले स्वतन्त्र रुपमा उपमहासचिव पदमा उम्मेदवारी दिएका थिए ।
गौतमले उम्मेदवारी फिर्ता लिए पनि अन्तिम नामावली प्रकाशन भइसकेकोले मतपत्रमा उनको नाम भने समावेश हुने भएको छ ।
'नेतृत्व र साथीहरुको आग्रहपछि मैले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएँ,' उनले भने । खुला केन्द्रीय सदस्यमा भने आफ्नो उम्मेदवारी कायमै रहने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण