ओली समूहको सूचीमा नपरेपछि पूर्व माओवादी नेता ठम्मर विष्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
सारांश
- एमाले महाधिवेशनमा केपी शर्मा ओली समूहको सूचीमा नपरेपछि ठम्मर विष्टले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्।
- विष्टले कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका हुन्, उनले फेसबुकमार्फत असन्तुष्टि जनाएका छन्।
- विष्टले पार्टी नेतृत्वको बेवास्ता र महाधिवेशन प्रतिनिधि छनोटमा असन्तुष्टि जनाएका थिए।
सुर्खेत । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली समूहको आधिकारिक सूची (टिकट) मा नपरेपछि पूर्व माओवादी नेता ठम्मर विष्टले स्वतन्त्र रूपमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
उनले कर्णाली प्रदेश भूगोलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।ओली समूहबाट भूगोलतर्फ नवराज रावत, डम्बर सिंह, विष्णु रिजाल, दल फडेरा र जितबहादुर मल्लले केन्द्रीय सदस्यको टिकट पाएका छन् ।
सुर्खेत निवासी विष्ट तत्कालीन नेकपा कालमा कर्णाली प्रदेश सभा सदस्य पद त्याग गर्दै एमाले प्रवेश गरेका थिए । उनी यसअघि केन्द्रीय सदस्य थिए ।
केन्द्रमा अध्यक्ष ओलीसँग निकट मानिएको चर्चा भए पनि उनको समूहको केन्द्रीय सदस्यको सूचीमा उनी अटाउन सकेनन् ।
आधिकारिक सूचीमा नाम नआएपछि विष्टले सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि पोख्दै महाधिवेशन प्रतिनिधिहरूसँग मत मागेका छन् ।
उनले पार्टी नेतृत्वको आधिकारिक लिस्टमा नाम नहुँदा नहुँदै पनि मतदाताको विवेकमाथि विश्वास गरेर चुनावी मैदानमा होमिएको बताएका छन् ।
वर्षभरि पार्टी काममा खटिँदा पनि नेतृत्वले बेवास्ता गरेको गुनासो गर्दै उनले लेखेका छन्, ‘३६५ दिनमै फिल्डमा अहोरात्र खट्दा पनि नेतृत्वको आँखा हठात अन्यत्रै मोडिनु दुर्भाग्यपूर्ण घटना त हुँदै हो, तर पनि सही र गलत छुट्ट्याउन सक्ने सम्पूर्ण २३०० मतदाताले नै मेरो पक्षमा मत जाहेर गर्ने कुरामा म पूर्ण रूपमा विश्वस्त छु ।’
विष्टले यसअघि महाधिवेशन प्रतिनिधि छनोटका क्रममा समेत असन्तुष्टि जनाएका थिए ।
सुर्खेत क्षेत्र नं. १ मा प्रतिनिधि छनोट गर्दा एमाले नेता यामलाल कँडेल समूहले एकलौटी गरेको भन्दै उनले ‘नोट अफ डिसेन्ट’ नै लेखेका थिए ।
रोचक कुरा के छ भने, विष्टसँगै सांसद पद गुमाएर माओवादीबाट एमाले प्रवेश गरेका दैलेखका धर्मराज रेग्मी भने ओली समूहको आधिकारिक सूचीमा समेटिएका छन् । एउटै पृष्ठभूमिबाट आएका रेग्मीले टिकट पाउँदा विष्ट भने नेतृत्वको रोजाइमा पर्न सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण