असन्तुष्टिबिच शंकरसँगै प्रचारमा उभिए प्रदीप
सारांश
- नेकपा एमालेको ११औं महाधिवेशनमा विभिन्न पदमा ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्।
- लुम्बिनी प्रदेशबाट महिला र मधेशी क्लस्टरतर्फका युवा सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन्।
- पार्टीको अनुशासन आयोग र लेखा आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा पनि निर्विरोध चयन भएको छ।
काठमाडौँ । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली महासचिवमा नसमेटिएपछि असन्तुष्ट बनेको चर्चा चलिरहेकै बेला उनी पार्टी संस्थापन पक्षको समर्थनमा खुलेर मैदानमा उत्रिएका छन्।
महाधिवेशन मतदान स्थलमा पुगेका ज्ञवालीले महासचिवका उम्मेदवार शङ्कर पोखरेलसँगै प्रतिनिधिहरूसँग भेटघाट गर्दै केपी शर्मा ओली नेतृत्वको प्यानलका पक्षमा मत माग्न थालेका हुन्।
उपाध्यक्ष पद अस्वीकार गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ज्ञवालीले केपी शर्मा ओली नेतृत्वको टिम विजयी भए मात्र एमाले थप सुदृढ, एकताबद्ध र प्रभावकारी बन्ने धारणा राख्दै प्रतिनिधिहरूलाई सिङ्गो प्यानलमा मतदान गर्न आग्रह गरेका छन्।
प्रतिनिधिहरूसँगको संवादमा ज्ञवालीले व्यक्तिगत असन्तुष्टि भन्दा पार्टी हित ठूलो हुने स्पष्ट सन्देश दिएका छन्। ज्ञवालीले भनेका छन्, ‘मेरा केही असहमति थिए, तर मभन्दा माथि पार्टी हो। पार्टीलाई बलियो बनाउन म केपी ओली र शङ्कर पोखरेलसँगै छु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण