हालसम्म पाँच हजार सवारी लाइसेन्स छापिए
मङ्गलबार, ०१ पुस २०८२, १७ : २५
काठमाडौँ । यातायात व्यवस्था विभागले हालसम्म पाँच हजार सवारी चालक अनुमति पत्र (लाइसेन्स) छापिएको जानकारी दिएको छ ।
विभागका निर्देशक केशव खतिवडाले सुरक्षण मुद्रण केन्द्रमा विभागबाट ७ हजार लाइसेन्सको डेटा उपलब्ध गराएकोमा उक्त परिमाणमा सवारी लाइसेन्स छापिएको जानकारी दिएका हुन्
निर्देशक खतिवडाले भने, ‘हामीले ७ हजार डेटा उपलब्ध गराएका थियौँ । त्यसमध्ये ५ हजार छापिएर आइसकेका छन् । ती लाइसेन्स वितरणका क्रममा छन् ।’
गत कात्तिक २१ गते काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारी लाइसेन्स छपाइ सुरु भएको थियो ।
त्यसयता उक्त परिमाणमा लाइसेन्स छपाइ भएको हो । विभागका अनुसार हाल वैदेशिक रोजगारीमा जाने श्रमिक तथा विद्यार्थीहरूका लागि अत्यावश्यक भएको सवारी लाइसेन्स छापिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण