माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर
सारांश
- मुस्ताङको सीमावर्ती गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरियो, जहाँ स्थानीयको स्वास्थ्य जाँच भयो।
- शिविरमा स्थानीयलाई ज्वरो, रुघाखोकी र निमोनिया जस्ता समस्याको जाँच गरियो र निःशुल्क औषधि दिइयो।
- एक्याप लोमान्थाङ, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहकार्यमा शिविर संचालन गरियो।
मुस्ताङ। माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । हिउँयामको अत्यधिक चिसो मौसममा बेसी नझरी गाउँ बसेका स्थानीय नागरिकहरूको स्वास्थ्य रक्षाका लागि माथिल्लो मुस्ताङको लोमान्थाङ–२ स्थित नामासुङ र न्यानोल गाउँमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) लोमान्थाङ, सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) र प्रहरी चौकी छोसेरको संयुक्त आयोजनामा स्थानीय नागरिकको स्वास्थ्य रक्षाका लागि स्वास्थ्य परीक्षण शिविर चलाएको हो ।
हिउँयामको जाडो मौसममा बेसी नझरी गाउँमा बसेका स्थानीय नागरिकहरूलाई ज्वरो, रुघाखोकी र निमोनियालगायतका स्वास्थ्य समस्याहरू देखिने सम्भावना हुने भएको स्थानीय नागरिकहरूको कल्याणका लागि घरदैलोमै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरिएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । शिविरमा गाउँमै बसेका स्थानीय नागरिकहरूको स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरिएको प्रमुख पौडेलले बताए ।
एक्याप लोमान्थाङ, सशस्त्र प्रहरी र नेपाल प्रहरीका एक/एक जना स्वास्थ्यकर्मी स्वास्थ्य परीक्षणमा खटिएका प्रमुख पौडेलले उल्लेख गरे । शिविरमा नामासुङ र न्यानोलका १९ महिला र तीन पुरुष गरी २२ जनाले स्वास्थ्य शिविरबाट प्रत्यक्ष लाभान्वित भएको एक्याप लोमान्थाङले जनाएको छ । यस प्रकारका स्वास्थ्य शिविर आवश्यक अनुसार हिउँदयामभरी सञ्चालन गरिने कार्यालय प्रमुख पौडेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण