फोटो फिचर
एमालेको महाधिवेशनस्थलमा हेरिनसक्नुको फोहोर, तस्बिरमा यस्तो देखियो
बुधबार, ०२ पुस २०८२, ०७ : ५४
१
सारांश
- भृकुटीमण्डपमा नेकपा एमाले महाधिवेशनमा प्रचार सामग्री जथाभाबी फालिएका कारण अस्तव्यस्त बन्यो।
- उम्मेदवारका प्रचार सामग्रीले गर्दा सार्वजनिक स्थल कुरुप बनेको र सौन्दर्य हराएको देखियो।
- काठमाडौँ महानगरपालिकाले ब्रुमर प्रयोग गरी फोहोर सफा गर्यो, र मतदान हुने कार्यक्रम तय भयो।
काठमाडौँ । नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप उम्मेदवारका प्रचार सामग्रीले अस्तव्यस्त बनेको छ। नेतृत्व चयनका लागि महाधिवेशन चलिरहँदा प्रचार सामग्री जथाभाबी फालिएको देखिन्छ।
भृकुटीमण्डप क्षेत्रका सडक, फुटपाथ र खुला स्थानमा उम्मेदवारका पर्चा, पम्पलेट र ब्यानर छरपस्ट छन्। भोट माग्ने नाममा छरिएका ती सामग्रीले सार्वजनिक स्थल कुरूप बनाउनुका साथै सिंगो क्षेत्रको सौन्दर्य नै हराएको छ।

ठूला भाषण र अनुशासनका कुरा गर्ने एमालेले वातावरणीय जिम्मेवारी र सार्वजनिक सरसफाइ बेवास्ता गरेको देखिन्छ छ।

छरिएको फोहोर बुधबार बिहान काठमाडौँ महानगरपालिकाको ब्रुमर प्रयोग गरी सफा गरिएको छ। एमालेको महाधिवेशनअन्तर्गत बुधबार बिहानदेखि नेतृत्व चयनका लागि मतदान हुने कार्यक्रम रहेको छ। एमालेको महाधिवेशनमा केपी ओली र ईश्वर पोखरेल अध्यक्षको उम्मेदवार छन् ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण