बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम महोत्सवमा बिपना र पलको प्रस्तुतिमा रमाए दर्शक

बुधबार, ०२ पुस २०८२, ११ : ५४
बुधबार, ०२ पुस २०८२

सारांश

  • अभिनेता पल शाह र अभिनेत्री बिपना थापाले सुदूरपश्चिम महोत्सवमा फिल्म 'आ बाट आमा'को गीतमा नृत्य प्रस्तुत गरे।
  • उनीहरूले फिल्मको एक दृश्य देखाउँदै दर्शकलाई भावुक बनाए, जसलाई दर्शकले साथ दिए।
  • यो जोडी माघ १८ गतेबाट प्रदर्शनमा आउने फिल्मको प्रचारका लागि महोत्सवमा पुगेका थिए।

काठमाडौँ । अभिनेता पल शाह र अभिनेत्री बिपना थापाले सुदूरपश्चिम महोत्सवमा दर्शक झुमाएका छन् । उनीहरुले मंगलबार महोत्सवमा फिल्म ‘आ बाट आमा’को गीत ‘सृष्टिकै पहिलो नाम’मा स्टेजमा नृत्य गर्दै दर्शक नचाएका हुन् । स्टेजमा अभिनेता अभिनेत्री नाच्दा दर्शकले पनि नृत्यबाटै साथ दिएका थिए । 

महोत्सवमा उनीहरुले फिल्मको एक दृश्य अभिनय गराएर देखाएका थिए । ‘धर्तीमा आँखा खोली, मैले बोलेको त्यो बोली, सृष्टिकै पहिलो नाम ‘आ बाट आमा’ भन्दै दुवैले स्टेजमा अभिनय गर्दा दर्शक निकै भावुक बनेका थिए ।

पल र बिपना माघ १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा’को प्रचारका लागि सुदूरपश्चिम पुगेका हुन् । सोही अवसरमा त्यहाँ आयोजित महोत्सवमा सहभागी भएको बताइन्छ । महोत्सवमामा दर्शकको साथ पाउँदा निकै खुसी लागेको बिपनाले बताइन् । 

फिल्म ‘आ बाट आमा’ चन्द्र पन्तले निर्देशन गरेका हुन् । निर्देशक पन्तकै कथा तथा पटकथा रहेको फिल्ममा बिपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपाली लगायतले मुख्य भूमिका छ । 

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको संगीतमा कोशिस क्षेत्री ,बाबुल गिरी, थानेश्वर गौतमले दिएका हुन् । फिल्मको निर्माण कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुङ्गानाले गरेका हुन् भने कार्यकारी निर्माता करण सिंह रसाइली रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप