एसेज शृङ्खला : केरीको शतक, ख्वाजाको कमब्याक
सारांश
- एलेक्स केरीको शतक मद्दतले अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्धको एसेज शृङ्खलाको तेस्रो खेलमा ३२६ रन बनायो।
- उस्मान ख्वाजाले ८२ रन बनाए भने जोस इंग्लिसले ३२ रन जोडे।
- इङ्ल्यान्डका लागि जोफ्रा आर्चरले ३ विकेट लिए भने शृङ्खलामा अस्ट्रेलिया २-० ले अगाडि छ।
एडिलेड । विकेटकिपर एलेक्स केरीको शतकको मद्दतले अस्ट्रेलियाले इंग्ल्याण्डविरुद्धको एसेज शृङ्खलाको तेस्रो खेलको पहिलो दिन ३ सय २६ रन बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले बुधबार ८ विकेट गुमाएको हो ।
केरीले १४३ बलको सामना गर्दै १०६ रनको शानदार पारी खेले । उनले ८ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, उपकप्तान स्टिभ स्मिथ बिरामी भएर खेल्ने मौका पाएका उसमान ख्वाजाले महत्त्वपूर्ण ८२ रन जोडे । उनले १० चौका प्रहार गरे ।
यसबाहेक जोस इंग्लिसले ३२ रन बनाए । मिचेल स्टार्क ३३ रन बनाउँदै नटआउट रहेका छन् । इंग्ल्याण्डका लागि जोफ्रा आर्चरले ३ विकेट हात पारे । त्यस्तै, बेडन कार्स र विल ज्याक्सले २–२ विकेट लिए भने जोस टंगले १ विकेट पाए ।
हाल अस्ट्रेलिया शृङ्खलामा २–० ले अघि रहेको छ । यसमा कायम रहन इंग्ल्याण्डले यो टेस्ट जित्नै पर्ने दबाब रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण