शंखमुलमा डेरा गरी बस्ने महिलाको कोठामा चोरी
बुधबार, ०२ पुस २०८२, १४ : १८
ललितपुर । ललितपुर महानगरपालिका–११ शंखमुलमा डेरा गरी बस्ने एक महिलाको कोठाबाट एक लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको धनमाल चोरी भएको छ ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ घर भई हाल शंखमुलमा बस्दै आएकी कविता खत्रीको कोठाबाट मंगलबार साँझ चोरी भएको हो ।
खत्रीको कोठाबाट २ थान ल्यापटप, १ थान मोबाइल र नगद गरी करिब १ लाख ५३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
चोरीमा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी भइरहेको प्रहरीको भनाइ छ । ललितपुर प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण