अर्जुन कार्कीको बयान– लिज सम्झौताको हस्ताक्षरकर्ता म होइन, मैले कुनै लाभ लिएको छैन
सारांश
- तत्कालीन सचिव अर्जुन कार्कीले नेपाल ट्रस्टको जग्गा लिजमा दिने निर्णय आफू आउनुअघि नै भइसकेको बताए।
- सीआईबीको अनुसन्धानले तत्कालीन सचिव कार्की र सहसचिव लेखबहादुर कार्कीले आर्थिक लाभ लिएको निष्कर्ष निकालेको छ।
- अनुसन्धानले सूचनामा उल्लेख नभएको जग्गा थामशेर्कुलाई दिइएको देखाएको छ, तर कार्कीले यसको जानकारी नभएको बताए।
काठमाडौँ । दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा थामशेर्कु ट्रेकिङलाई दिँदा अनियमितता भएको विषयमा तत्कालीन सचिव अर्जुन कार्कीले आफू ट्रस्टमा जानुअघि नै लिजमा दिने निर्णय भइसकेको बताएका छन् ।
अनुसन्धानका क्रममा बयान दिँदै कार्कीले दरबारमार्गस्थित कित्ता नम्बर ४६०६ को जग्गा लिजमा दिने निर्णय भएर सूचना प्रकाशन भइसकेपछि आफू ट्रस्टको कार्यालय प्रमुखका रूपमा सरुवा भएको बताए ।
बयानमा उनले भनेका छन्, 'म जाँदा आर्थिक प्रस्ताव खोल्ने कामसमेत भइसकेको थियो ।'
कार्की २०७३ भदौदेखि २०७४ चैतसम्म नेपाल ट्रस्टको कार्यालयमा सचिव थिए । उनले सार्वजनिक खरिद नियमावलीअनुसार तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई अधिकार प्रत्यायोजन गरेको बयान दिएका छन् ।
नेपाल ट्रस्टको जग्गा थामशेर्कु ट्रेकिङलाई भाडामा दिँदा त्रुटिपूर्ण सम्झौता गरेर तत्कालीन सचिव कार्की र सहसचिव लेखबहादुर कार्कीले आर्थिक लाभ लिएको सीआईबीको अनुसन्धान निष्कर्ष छ । थामशेर्कुसँगको करार सम्झौतामा लेखबहादुर कार्कीले हस्ताक्षर गरेका छन् ।
करार सम्झौता हुँदा सूचनामा उल्लेख भएको भन्दा थप कित्ता जग्गा थामशेर्कुलाई दिएको भेटिएको छ । दरबारमार्गमा रहेको कित्ता नम्बर ४६०६ को जग्गा मात्र दिने सूचना प्रकाशित गरिए पनि सम्झौतामा अर्को कित्ता (नम्बर ४६०५) समेत थपेर करार सम्झौता गरेको अनुसन्धानबाट खुलेको छ ।
तत्कालीन सचिव कार्कीले सूचनामा प्रकाशित भएको कित्ताबाहेक थप कित्ता करार सम्झौतामा थपिएको कुरा आफ्नो जानकारीमा नभएको बयान दिएका छन् ।
गृहमन्त्री अध्यक्ष रहेको सञ्चालक समितिले नै सो जग्गा लिजमा दिने निर्णय गरेको उनले बताएका छन् । बयानमा उनले भनेका छन्, 'लिज सम्झौताको हस्ताक्षरकर्ता म होइन, मैले कुनै लाभ लिएको छैन ।'
लिज प्रकरणको उजुरी अख्तियारले २०७५ माघमा तामेलीमा राखेको र उच्च अदालतले पनि २०७८ भदौमा यसबारे फैसला गरिसकेको कार्कीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण