एलेक्स केरीको विवादास्पद जीवनदान : स्निकोमिटर सञ्चालकको गल्ती स्वीकार
काठमाडौँ । एसेज शृङ्खलाको तेस्रो टेस्टको पहिलो दिन अस्ट्रेलियाली ब्याटर एलेक्स केरीले पाएको विवादास्पद जीवनदान प्राविधिक त्रुटिका कारण भएको पुष्टि भएको छ ।
७२ रनमा खेलिरहेका बेला केरीले इंग्लिस बलर जोश टङको बलमा एज लागेको स्वीकार गरे पनि ’स्निकोमिटर’ प्रविधिले त्यसलाई ठम्याउन सकेन। जीवनदान पाएपछि उनले १०६ रनको शतकीय पारी खेले जसले अस्ट्रेलियालाई बलियो स्थितिमा पुर्यायो ।
स्निको प्रविधिको स्वामित्व भएको कम्पनी बीबीजी स्पोट्र्सले यस गल्तीको पूर्ण जिम्मेवारी लिएको छ। कम्पनीका अनुसार अपरेटरले स्ट्राइकर इन्डको साटो बलर इन्डको स्टम्प माइकबाट अडियो चयन गर्दा वास्तविक आवाज रेकर्ड हुन सकेन। यसले गर्दा टिभी अम्पायार क्रिस ग्याफानीलाई देखाइएको भिडियो र आवाजको तरङ्गमा भिन्नता देखियो र केरी नटआउट रहे ।
बीबीजी स्पोट्र्सले यस घटनाको गहिरो अनुसन्धान गर्ने र भविष्यमा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएको छ । विश्व टेस्ट च्याम्पियनसिपका खेलहरूमा निर्णय पुनरावलोकन प्रणाली (डिआरएस) अनिवार्य छ, जसको व्यवस्थापन आयोजक प्रसारकले गर्छन् ।
अस्ट्रेलियामा यसको जिम्मेवारी फक्स स्पोट्र्सको भए पनि उसले यसबारे हालसम्म कुनै टिप्पणी गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण