मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

रौतहटका चारै क्षेत्रबाट जसपा नेपालमा एकल सिफारिस

बिहीबार, ०३ पुस २०८२, ०९ : ४४
बिहीबार, ०३ पुस २०८२

सारांश

  • जसपा नेपालले रौतहटको चारै क्षेत्रबाट आगामी निर्वाचनका लागि एकल सिफारिस गरेको छ।
  • क्षेत्र १ बाट योगेन्द्र यादव, क्षेत्र २ बाट राम आशिष यादव, क्षेत्र ३ बाट गोविन्द चौधरी र क्षेत्र ४ बाट राजकुमार दास सिफारिस भए।
  • नेता र कार्यकर्ताका अनुसार लामो अनुभव, संगठन क्षमता र जनतासँगको सम्बन्धका आधारमा एकल नाम सिफारिस गरिएको हो।

रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटको चारै क्षेत्रबाट जसपा नेपालले एकल सिफारिस गरिएको छ । 

क्षेत्र  १ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष उम्मेदवारका रूपमा  पूर्व मन्त्री योगेन्द्र यादव, क्षेत्र नम्बर २ बाट जिल्ला समन्वय समिति रौतहटका पूर्व उपसभापति राम आशिष (वसिष्ठ) यादव,  क्षेत्र नम्बर ३ बाट  पूर्वमन्त्री गोविन्द चौधरी र  क्षेत्र  नम्बर ४ बाट जसपाका केन्द्रीय सल्लाहकार समिति सदस्य राजकुमार दास सिफारिस भएका हुन् । 

क्षेत्रीय भेलामा सहभागी नेता–कार्यकर्ताहरूका अनुसार लामो राजनीतिक अनुभव, बलियो सङ्गठन क्षमता र जनतासँगको नजिकको सम्बन्धका आधारमा चारैजनाको एकल नाम सिफारिस गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप