चिकित्सक सङ्घको अध्यक्ष लड्न ट्रमा सेन्टरको प्रमुखबाट रिजालले दिए राजीनामा
काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले नेपाल चिकित्सक सङ्घको अध्यक्ष लड्नका लागि पदबाट राजीनामा दिएका छन् ।
डा. रिजालले चिकित्सक सङ्घको अध्यक्षमा उम्मेदवारी दिएपछि प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पदबाट राजीनामा दिएका हुन् ।
‘नेपाल चिकित्सक सङ्घको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएपछि ट्रमा सेन्टर प्रमुखबाट राजीनामा दिएको छु,’ डा. रिजालले रातोपाटीसँग भने, ‘बिहीबार मन्त्रालयमा पुगेर राजीनामा दिएको हुँ ।’
पेशागत मर्यादा र निष्पक्षता कायम गर्नका लागि मेडिकल सुपरिटेन्डेन्टको पदबाट राजीनामा दिएको डा. रिजालले बताए ।
सङ्घको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएपछि सार्वजनिक संस्थाको कार्यकारी जिम्मेवारीमा रहनु उपयुक्त नहुने भएकाले राजीनामा दिएको डा. रिजालले बताए ।
उनी ट्रमा सेन्टरमा दोस्रो पटक गत वर्ष प्रमुखमा नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण