एमाले महाधिवेशन : ओलीसहित १४ जनाले पदाधिकारी जिते, केन्द्रीय सदस्य हारे
काठमाडौँ । एमालेका १४ जना पदाधिकारी केन्द्रीय सदस्यमा पराजित भएका छन् । पदाधिकारी र केन्द्रीय सदस्य दुवैमा उम्मेदवारी दिएका उनीहरू केन्द्रीय सदस्यमा निर्वाचित हुन असफल भएका हुन् ।
एमालेको पदाधिकारीमा १९ जना निर्वाचित छन् । यसमध्ये अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । उनी केन्द्रीय सदस्यमा पराजित भए ।
त्यस्तै, उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, राम बहादुर थापा, गोकर्ण राज विष्ट र रघुजी पन्त निर्वाचित भएका छन् । उनीहरूमध्ये गुरुङ, विष्ट र पन्तले केन्द्रीय सदस्यमा समेत जित निकालेका छन् ।
महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् । तर उनी पनि केन्द्रीय सदस्यमा पराजित भए । उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई हुँदा केन्द्रीय सदस्यमा योगेश मात्रै निर्वाचित भए ।
सचिवमा महेश बस्नेत, पद्मा कुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कुमार कार्की, खगराज अधिकारी र यामलाल कँडेल निर्वाचित हुँदा छविलाल मात्रै दोहोरो निर्वाचित भएका छन् ।
यसरी १९ पदाधिकारीमध्ये पृथ्वी सुब्बा गुरुङ, गोकर्ण राज विष्ट, रघुजी पन्त, योगेश भट्टराई र विश्वकर्मा मात्रै निर्वाचित हुन सफल भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण