कारागार तोडी फरार दुई अभियुक्त बारामा पक्राउ
बिहीबार, ०३ पुस २०८२, १८ : ३०
बारा । केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौँबाट फरार भएका लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
गत भदौ २४ गते कारागार तोडी फरार भएका बारा जिल्ला करैयामाई गाउँपालिका वडा नं. ७ पिपरा निवासी २९ वर्षीय विवेक चौधरी र २३ वर्षीय कृष्णा चौधरीलाई जिल्ला प्रहरी कार्यालय बारा मातहतको प्रहरी चौकी बारागढीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा खोजतलास गर्दा उनीहरूलाई बिहीबार करैयामाई गाउँपालिकाको पिपरास्थित आफ्नै गाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका बेला भागेका दुवै जनालाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय वीरगन्ज, पर्सामा पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण