सुदूरपश्चिमबाट उपमहासचिवमा भट्टले जित्दा केन्द्रीय सदस्यमा को–को भए निर्वाचित ?
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय पदाधिकारीमा लेखराज भट्ट मात्रै अटाएका छन् ।
१० औँ महाधिवेशनमा केन्द्रीय सचिव बनेका भट्ट यसपटक उपमहासचिवमा उक्लिएका हुन्। उपमहासचिवमा प्रतिस्पर्धा गरेका सबै उम्मेदवारमध्ये उनले सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।
यस महाधिवेशनमा कुनै समय अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने तर, अहिले विद्यादेवी भण्डारी निकट मानिने कर्णबहादुर थापाले पनि केन्द्रीय पदाधिकारीमा उम्मेदवारी दिएका थिए ।
तर, सचिव पदमा उनी पराजित भए। यद्यपि, थापा केन्द्रीय सदस्यमा भने विजयी भएका छन्। खुला केन्द्रीय सदस्यतर्फ दामोदर भण्डारी, गणेश सिंह ठगुन्ना, ऐनबहादुर महर, झपटबहादुर बोहरा, झपटबहादुर रावल, लालबहादुर थापा र कर्णबहादुर थापा निर्वाचित भएका छन् ।
महिला केन्द्रीय सदस्यमा निरुदेवी पाल, कमला कुमारी बोहरा र सन्तोष शर्मा थापा निर्वाचित भएका छन् भने दलित बाट अफिलाल ओखेडा र आशा कुमारी बी।क। विजयी भएका छन्। युवा खुला कोटाबाट बाजुराका नरेश रोकाया निर्विरोध निर्वाचित भइसकेका छन् ।
भूगोलतर्फ युवामा गोविन्द गिरी निर्वाचित हुँदा महिलातर्फ लिला भण्डारी, कमला कुमारी ओली र भागरथी सिंह विजयी भए। भूगोल पुरुषतर्फ चक्रबहादुर मल्ल, पठानसिंह बोहरा, यज्ञबहादुर बोगटी, लिलाधर भट्ट र सहदेव बोगटी निर्वाचित भएका छन्। थारु क्लस्टरबाट कृपाराम राना र गौरिशंकर चौधरी विजयी भएका छन् ।
यस्तै, केन्द्रीय अनुशासन आयोग सदस्यमा पवित्रा तिमिल्सेना निर्वाचित भएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण