रवि छुट्ने भएपछि निकिता भन्छिन्– बेइमानीहरूको रजगजमा नखाएको विष पनि लाग्दो रहेछ
सारांश
- रवि लामिछाने रिहा हुने भएपछि पत्नी निकिता पौडेलले कानुनी लडाइँ जारी रहेको बताइन्।
- निकिताले रवि राजनीतिमा आएकै कारण प्रतिशोधको सिकार बनेको बताइन्, र उनले धेरै दुःख खेपेको उल्लेख गरिन्।
- निकिताले रविले 'कालकोठरी' भोगेको र आफूले उनको अनुपस्थितिको रिक्तता भोगेको कुरा उल्लेख गरिन्, तर कानुनी प्रक्रिया अझै बाँकी रहेको बताइन्।
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने रिहा हुने भएपछि पत्नी निकिता पौडेलले कानुनी लडाइ जारी रहेको बताएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले राजनीतिमा आएकै कारण रवि प्रतिशोधको सिकार बनेको उल्लेख गरेकी छिन् ।
उनले लेखेकी छिन्– 'बेइमानीहरूको रजगजमा नखाएको विष पनि लाग्दो रहेछ। अघिल्लो वर्षको कात्तिकदेखि अहिलेसम्म के-के खेपियो-खेपियो, बताएर साध्य छैन। ऊ राजनीतिमै नआएको भए यसरी प्रतिशोधको सिकार हुनुपर्ने नै थिएन। तर, बढ्दो जनविश्वास कमजोर बनाउन र व्यक्तिगत दु:ख-हैरानी दिन लेखिएको कथाको एक अध्याय आजको आदेशसँगै सकिएको छ।'
उनले थप लेखेकी छिन्– 'यो बीचमा हामीले के भोगेनौँ। उसले 'कालकोठरी' भोग्यो। र, मैले उसको अनुपस्थितिको गहिरो रिक्तता भोगेँ। उस्तै मान्छेले यो तहको हद खप्नै सक्दैनन्। तर, उसले हाँसीहाँसी प्रतिशोधको प्रहार खेप्दा मैले उसको दृढतालाई कानुनी पाटोबाट संरक्षणको हर सम्भव प्रयास गरेँ। '
अगाध आस्था र विश्वास रहेकाले यो दिनका लागि भगवानसँग कामना गरेकै थिएँ, केही ढिलै भए पनि आयो। कानुनी प्रक्रिया अझै बाँकी छ। र, भगवानप्रतिको उस्तै आस्थाको निरन्तरता पनि। न्यायिक प्रक्रियाबाटै तत्कालको यो राहतलाई दीर्घकालिक बनाएर हामी अझै सबल र सशक्त भएर उठ्ने छौँ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण