अपडेट
रवि लामिछाने चितवन पुगे, रुपन्देही लगिँदै
शुक्रबार, ०४ पुस २०८२, १४ : ४४
सारांश
- रास्वपा सभापति रवि लामिछानेलाई चितवनको भरतपुरबाट रुपन्देहीतर्फ लगिँदैछ।
- भैरहवा विमानस्थलमा हुस्सुका कारण उनी बुद्ध एयरको जहाजमार्फत भरतपुर पुगेका थिए।
- उनलाई शुक्रबार रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने छ।
काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेलाई चितवनको भरतपुरबाट रुपन्देहीतर्फ लगिँदैछ । भैरहवा विमानस्थल बाक्लो हुस्सुका कारण नखुलेपछि उनी बुद्ध एयरको जहाजमार्फत भरतपुर पुगेका छन् ।
उनलाई प्रहरीको गाडीमा रुपन्देही लान थालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक जना अधिकृतले रातोपाटीलाई बताए । लामिछानेसँग केन्द्रीय कारागारका डीएसपी जेसी शाह पनि गएका छन् ।
उनलाई शुक्रवार रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइँदै छ । शुक्रबार बिहान ८ बजे नै विमानस्थलमा उपस्थित गराइए पनि भैरहवाको मौसम नखुलेका कारण लामिछाने लामो समय विमानस्थलमा रोकिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण