जनतालाई केन्द्रमा राखेर काम गर्नेछाैँ : मुख्यमन्त्री यादव
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट शुक्रबार विश्वासको मत प्राप्त गरेपछि सरकार स्थायी हुने र जनतालाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् ।
उनले सीमित स्रोतसाधनका बाबजुद शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिने बताए ।मुख्यमन्त्री यादवका अनुसार आगामी ४–५ दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिइनेछ।
सरकारको पहिलो प्राथमिकता सुशासन कायम, बेथिति अन्त्य र विकास निर्माणका कार्यलाई तीव्रता दिनु रहेको समेत मुख्यमन्त्री यादवले बताए ।
साथै जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने कार्यक्रम ल्याइने समेत उनले बताए । उनले सबैको भावना र सुझावको कदर गर्दै अगाडि बढ्ने समेत स्पष्ट पारे ।
मधेस प्रदेशका जनताले चाहेको स्थिर सरकार अब सम्भव भएको भन्दै मुख्यमन्त्री यादवले जनताको भरोसालाई कामबाटै प्रमाणित गर्ने प्रतिबद्धता जनाए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण