मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

भारतको ३० रनको जितसँगै दक्षिण अफ्रिकामाथि टी–ट्वान्टी सिरिज ३–१ ले कब्जा

शुक्रबार, ०४ पुस २०८२, २३ : ४७
शुक्रबार, ०४ पुस २०८२

सारांश

  • भारतले दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै टी-२० सिरिज ३-१ ले जित्यो।
  • अहमदाबादमा भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै २३१ रन बनायो।
  • भारतका लागि तिलक वर्मा र हार्दिक पाण्ड्याको उत्कृष्ट ब्याटिङ रह्यो।

काठमाडौँ। भारत र दक्षिण अफ्रिकाबिचको पाँच खेलको टी–ट्वान्टी सिरिजको अन्तिम खेलमा भारतले ३० रनको शानदार जित हासिल गरेको छ । जितसँगै भारतले सिरिज ३–१ ले आफ्नो पक्षमा पार्‍यो ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर २३१ रन बनायो । जितका लागि २३२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकी टोलीले २० ओभरमा ८ विकेट गुमाउँदै २०१ रनमै सीमित रहनु पुग्यो ।

भारतका लागि तिलक वर्माले उत्कृष्ट प्रदर्शन गर्दै ४२ बलमा ७३ रन बनाए । हार्दिक पाण्ड्याले आक्रामक ब्याटिङ गर्दै २५ बलमा ६३ रन जोडे । सन्जु सामसनले २२ बलमा ३७ रनको योगदान दिए ।

दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले ३५ बलमा ६५ रन बनाए पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन् ।

बलिङतर्फ भारतका वरुण चक्रवर्ती प्रभावशाली देखिए । उनले ४ ओभरमा ५३ रन खर्चेर ४ विकेट लिए । जसप्रीत बुमराह र हार्दिक पाण्ड्याले पनि महत्त्वपूर्ण विकेट हात पारे ।

जितसँगै भारतले सिरिज ३–१ ले आफ्नो पक्षमा पार्‍यो भने एक खेल मौसमका कारण रद्द गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप