सिरियामा अमेरिकी सेनाको भीषण आक्रमण : आईएसका ७० भन्दा बढी ठेगाना ध्वस्त
सारांश
- अमेरिकी सेनाले सिरियामा आईएसविरुद्ध ठूलो हवाई आक्रमण गरेको छ, जसमा ७० भन्दा बढी स्थानमा बमबारी गरिएको छ।
- यो कारबाही डिसेम्बर १३ मा दुई अमेरिकी सैनिक र एक अनुवादकको मृत्युको बदला स्वरूप गरिएको हो।
- अमेरिकी रक्षामन्त्रीले यसलाई युद्धको सुरुवात नभई प्रतिशोधको घोषणा भनेका छन्, जसले आईएसका नेताहरूलाई निशाना बनाएको छ।
वासिङ्टन डिसी । अमेरिकी सेनाले सिरियामा सक्रिय इस्लामिक स्टेट (आईएस) समूह विरुद्ध अहिलेसम्मकै ठूलो र ‘शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको छ।
आफ्ना सैनिकहरूमाथि भएको ज्यान लिने गरीको हमलाको बदला लिन अमेरिकाले 'अपरेसन हकाइ स्ट्राइक' मार्फत मध्य सिरियाका ७० भन्दा बढी स्थानमा भीषण बमबारी गरेको हो। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकौम) का अनुसार यस कारबाहीमा लडाकु विमान, अट्याक हेलिकप्टर र आर्टिलरीको प्रयोग गरिएको छ भने जोर्डनका विमानहरूले पनि साथ दिएका छन्।
गत डिसेम्बर १३ मा पाल्मिरा सहरमा आइएसको एम्बुस परेर दुई अमेरिकी सैनिक र एक नागरिक अनुवादकको मृत्यु भएपछि अमेरिकाले यो कठोर कदम चालेको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पले आइएसका गढहरूमा आफूहरूले निकै शक्तिशाली प्रहार गरिरहेको र दोषीहरूलाई नछाड्ने चेतावनी दिएका छन्।
यो अपरेसन शुक्रबार साँझबाट सुरु भएको हो जसमा सयभन्दा बढी अचुक निशाना लगाउने हतियारहरू प्रयोग गरिएको अमेरिकी अधिकारीहरूले जनाएका छन्।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले यस कारबाहीलाई युद्धको सुरुवात नभई ‘प्रतिशोधको घोषणा’ भनेका छन्। उनले संसारको जुनसुकै कुनामा भए पनि अमेरिकी नागरिकलाई लक्षित गर्ने जो कोहीलाई अमेरिकाले खोजेर र लखेटेर सिद्ध्याउने चेतावनी दिएका छन्।
सिरियाली सरकारको समेत समर्थन रहेको दाबी गरिएको यस आक्रमणमा आईएसका महत्त्वपूर्ण पूर्वाधार र हतियार भण्डारहरूलाई निशाना बनाइएको छ। बेलायतस्थित ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’ का अनुसार रक्का र देर एज जोर नजिकका क्षेत्रमा भएका यी आक्रमणमा आईएसका एक प्रमुख नेतासहित धेरै लडाकुहरू मारिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण