श्रीलङ्काका लागि आईएमएफद्वारा आपत्कालीन वित्तीय सहायता स्वीकृत
काठमाडाैँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्वीकृत गरेको छ । आईएमएफका अनुसार यो सहयोग ‘रैपिड फाइनान्सिङ इन्स्ट्रुमेन्ट’ अन्तर्गत प्रदान गरिएको हाे । यो श्रीलङ्काको कोटा रकमको करिब २६ प्रतिशत बराबर छ ।
आईएमएफका उप–प्रबन्धक र कार्यवाहक अध्यक्ष केन्जी ओकामुराले बताे,“यसले श्रीलङ्कामा तत्कालै मानविय र पुनर्निर्माण आवश्यकताहरू व्यवस्थापन गर्न मद्दत गर्नेछ, जसले राजकोषीय दबाब र भुक्तानी सन्तुलन सम्बन्धी चुनौतीहरू कम गर्ने अपेक्षा गरिएको छ ।”
ओकामुराले आपतकालको समयमा छिटो प्रतिक्रिया देखाएको श्रीलङ्काली सरकारको प्रशंसा गर्दै भने,“आईएमएफ यस कठिन परिस्थितिमा श्रीलङ्काली जनतासँग खडा छ र भविष्यमा पनि देशको पुनर्निर्माण र आर्थिक सुधार प्रयासमा समर्थन जारी राख्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण