अरू पार्टीको आलोचना गर्ने होइन, कमजोरी सच्याएर अघि बढ्ने हो : माधव नेपाल
सारांश
- माधवकुमार नेपालले पार्टीको कमजोरी सच्याएर अघि बढ्ने बताएका छन्।
- उनले एकताको सन्देश लिएर गाउँगाउँमा जान कार्यकर्तालाई आग्रह गरे।
- उनले नेता बन्ने तर जिम्मेवारी पुरा नगर्नेलाई छुट दिन नसकिने बताए।
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले अहिले आफूहरूले गरेका कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । नेपालले अहिले अरू पार्टीहरूको आलोचना गर्ने समय नभएको बताउँदै आफू नै सच्चिएर अघि बढ्नुपर्ने बेला भएको बताए ।
सो पार्टीले शनिबार भृकुटीमण्डपमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले एकताको सन्देश लिएर गाउँ गाउँमा जान कार्यकर्ताहरूलाई आग्रह समेत गरे । अहिले आफ्नो विचारलाई जनताको बिचमा लिएर गइरहेको बताउँदै उनले नयाँ नेपाल निर्माण गर्ने आफूहरूको अभियान रहेको बताए ।
सह–संयोजक नेपालले अहिले ७७ वटै जिल्ला र स्थानीय तहमा कार्यक्रमहरू भइरहेको बताउँदै पार्टीभित्र मौलाइरहेको खतरनाक प्रवृतिको पनि आलोचना गरे । उनले नेता बन्ने तर जनताका बिचमा नजाने प्रवृत्तिलाई छुट दिन नसकिने समेत बताए ।
उनले भने, ‘हामी जनतासँग एकाकार बन्न चाहन्छौ, कुरा मात्रै ठुला गर्ने, नेताका वरिपरि पूजा गरेर बस्ने तर जिम्मेवारी पुरा नगर्नेलाई छुट दिन सकिँदैन । हामी नेता र कार्यकर्ता राम्रो बनाउन पनि लागिपरेका छौँ ।’
यो अभियान आफ्ना विचार जनताका बिचमा सम्प्रेषण गर्ने अभियान रहेको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण