पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
सारांश
- पाकिस्तानको अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ।
- अदालतले खान दम्पतीलाई जनही १ करोड ६४ लाख रुपैयाँ जरिवाना समेत गरेको छ, जरिवाना नतिरे थप कैद हुनेछ।
- इमरान खानले आफूमाथिका आरोप अस्वीकार गर्दै यो फैसला राजनीतिबाट अयोग्य बनाउने खेल भएको बताएका छन्।
रावलपिन्डी । पाकिस्तानको एक विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा तेहरिक-ए-इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ। संघीय अनुसन्धान एजेन्सी (एफआईए) को विशेष अदालतले शनिबार रावलपिन्डीको अडियाला जेलमा भएको सुनुवाइपछि यो कडा फैसला सुनाएको हो। अदालतले दुवैलाई जनही १ करोड ६४ लाख रुपैयाँ जरिवाना समेत गरेको छ भने जरिवाना नतिरेमा थप कैद भुक्तान गर्नुपर्ने आदेश दिएको छ।
विशेष न्यायाधीश शाहरुख अर्जुमन्दले सुनाएको फैसलाअनुसार इमरान खानलाई आपराधिक विश्वासघात र साझा इरादाका मुद्दामा १० वर्ष तथा सरकारी कर्मचारीद्वारा गरिएको आपराधिक दुव्र्यवहारको मुद्दामा ७ वर्ष गरी कुल १७ वर्षको सश्रम कारावास तोकिएको छ। उनकी पत्नी बुशरा बीबीलाई पनि सोही बमोजिमको सजाय सुनाइएको छ। यसअघि गत अक्टोबरमा भएको बहसका क्रममा खान दम्पतीले आफूमाथिका सबै आरोपहरू अस्वीकार गर्दै यो फैसला राजनीतिबाट अयोग्य बनाउने 'मनगढन्ते र प्रतिशोधपूर्ण' खेल भएको बताएका थिए।
इमरान खानले प्रधानमन्त्री रहँदा तोकिएको नीति र उचित प्रक्रिया पालना गरेरै उपहारहरू राखेको र त्यसको मूल्याङ्कन गरी रकम राष्ट्रिय कोषमा जम्मा गरेको दाबी गर्दै आएका छन्। यद्यपि, अदालतले भ्रष्टाचार रोकथाम ऐन र पाकिस्तान दण्ड संहिताका विभिन्न धाराअनुसार उनीहरूलाई दोषी ठहर गरेको छ। पछिल्लो समय श्रृंखलाबद्ध कानुनी झमेलामा फसेका खानका लागि यो सजायलाई ठूलो राजनीतिक धक्काका रूपमा हेरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण