बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रिमियर लिग

एभर्टनलाई पराजित गर्दै आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

आइतबार, ०६ पुस २०८२, ०४ : ०८
आइतबार, ०६ पुस २०८२

सारांश

  • आर्सनलले एभर्टनलाई १-० ले पराजित गर्दै प्रिमियर लिगमा शीर्ष स्थान हासिल गर्यो।
  • भिक्टर ग्योकरिसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।
  • म्यानचेस्टर सिटीलाई पछि पार्दै आर्सनलले ३९ अंक जोडेको छ।

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आर्सनलले एभर्टनलाई १–० ले पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा पुनः उक्लिएको छ । नेपाली समयअनुसार आइतबार सम्पन्न खेलमा आर्सनलका लागि भिक्टर ग्योकरिसले २७ औँ मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरेका हुन् ।

खेलभरि दुवै टोलीले अवसर सिर्जना गरे पनि आर्सनलले प्राप्त अग्रतालाई जोगाउन सफल भयो । 

जितसँगै आर्सनलले ३९ अंक जोड्दै केही समयअघि मात्रै शीर्षस्थानमा पुगेको म्यानचेस्टर सिटीलाई पछि पारेर पुनः लिग तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । 

यसअघि शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको थियो । तर आर्सनलको जितसँगै शीर्ष स्थानको समीकरण फेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप