भक्तपुरको वासिङ सेन्टरमा काम गर्ने मजदुरको मृत्यु
आइतबार, ०६ पुस २०८२, १२ : ३७
सारांश
- भक्तपुरको मध्यपुर थिमीमा वासिङ सेन्टरमा काम गर्ने एक मजदुरको गाडी धुने क्रममा मृत्यु भएको छ।
- शनिबार साँझ बेहोस भएका २८ वर्षीय महेश नेपालीको उपचारको क्रममा मृत्यु भएको हो ।
- प्रहरीका अनुसार मृतक नेपाली छारे रोगबाट पीडित थिए र पोस्टमार्टम रिपोर्टको आधारमा थप अनुसन्धान हुनेछ।
काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ स्थित सिद्धार्थ पेट्रोल पम्प नजिकै वासिङ सेन्टरमा काम गर्ने मजदुरको मृत्यु भएको छ । शनिबार साँझ गाडी धुने क्रममा बेहोस भएका २८ वर्षीय महेश नेपालीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
वासिङ सेन्टर प्रकाश बस्नेतले सञ्चालन गरेका हुन् । दोलखाको भीमेश्वर नगरपालिका चरिकोट घर भएका नेपालीको उपचारको क्रममा सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो ।
घटनाबारे अनुसन्धान गरिरहेका एक जना प्रहरी अधिकृतका अनुसार नेपाली छारे रोगबाट पीडित थिए । अचानक बेहोस हुँदा उनको शरीरमा चोट लागेको थियो । पोस्टमार्टम रिपोर्टको आधारमा थप अनुसन्धान अघि बढाइने भक्तपुर प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण