अन्तर्राष्ट्रिय क्रिकेटको भविष्यबारे विलियम्सन : समय आएपछि निर्णय लिनेछु
सारांश
- केन विलियम्सनले २०२६ को टी-२० विश्वकपअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए।
- उनले भारतमा हुने एक दिवसीय शृङ्खलाका लागि उपलब्ध नहुने सम्भावना रहेको छ।
- विलियम्सनले परिवार र क्रिकेटबीच सन्तुलन मिलाउँदै टिमलाई योगदान दिने बताए।
काठमाडौँ । केन विलियम्सनको अन्तर्राष्ट्रिय क्रिकेटको यात्रा अझै पनि कायम रहेको छ । ३५ वर्षीय विलियम्सनले सन् २०२६ को टी–२० विश्वकपअघि, गत नोभेम्बरमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए । उनी न्युजिल्यान्ड क्रिकेटसँग ‘क्याजुअल कन्ट्र्याक्ट’ (अनौपचारिक सम्झौता) गर्ने खेलाडीहरूको समूहमा पर्छन् । उनी हाल आफ्नो घरेलु मैदान ‘बे ओभल’मा वेस्ट इन्डिजविरुद्ध तेस्रो टेस्ट खेलिरहेका छन् ।
उनी जनवरी २०२६ मा भारतमा हुने तीन खेलको एक दिवसीय शृङ्खलाका लागि उपलब्ध नहुने सम्भावना छ । माउन्ट माउन्गानुईमा आयोजित पत्रकार सम्मेलनमा विलियम्सनले भने, ‘मेरो टिममा रहने नरहने हरेक शृङ्खला पिच्छे नै निर्णय हुने गर्छ । यो टिमबाट अहिले नै बिदा लिने समय भने भएको छैन,’ विलियम्सनले भने ।
उनले संन्यासको विषयमा समय आएपछि मात्र थाहा हुने बताए । विलियम्सनले यसअघि पनि आफ्ना प्राथमिकताहरू परिवर्तन भइरहेको बताएका थिए । उनले आफ्नो परिवारसँगको समय र न्युजिल्यान्डका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने विषयको सन्तुलनबारे न्युजिल्यान्ड क्रिकेटलाई बताएका थिए।
विलियम्सनले थपे, ‘हो, मेरो धारणा अझै उस्तै छ। यो सन्तुलनको कुरा हो, र मेरो सानो परिवार छ, जसले अहिले मेरो धेरै समय र ध्यान लिन्छ । म अझै पनि आफ्नो क्रिकेटमा रमाइ रहेको छु । यो कुरा प्राथमिकतामा रहन्छ र न्युजिल्यान्ड क्रिकेटले पनि यसमा धेरै सहयोगी र सम्मानजनक व्यवहार गरेको छ।’
विलियम्सनले आफू जति टिममा रह्यो त्यति नै योगदान दिने विषयमा सोच्ने बताए । उनले भने, ‘म टिमलाई सकेसम्म धेरै योगदान दिन चाहन्छु । फेरि घरेलु मैदानमा यो शृङ्खलामा सहभागी हुन पाउनु राम्रो कुरा हो । यसपछि लामो समयको ब्रेक छ, त्यसैले यी सबै कुराहरूलाई सन्तुलन मिलाउन समय छ ।’
विलियम्सनको अर्को कार्यतालिका (एसए टी–२०) मा डर्बन सुपर जायन्ट्ससँगको फ्रेन्चाइज लिग हो । त्यसपछि अर्को वर्ष जनवरीमा भारतमा हुने न्युजिल्यान्डको तीन खेलको एक दिवसीय शृङ्खलासँग जुध्नेछ । विलियम्सन आईपीएलमा लखनउ सुपर जायन्ट्समा रणनीतिक सल्लाहकारको रूपमा पनि आबद्ध छन् ।
प्रमुख टेस्ट शृङ्खलाहरूको कुरा गर्दा, न्युजिल्यान्डले सन् २०२६ मा इंग्ल्यान्ड र अस्ट्रेलियाको भ्रमण गर्ने तालिका छ । साथै, २०२६ मा स्टोरमोन्टमा आयरल्यान्डविरुद्ध एक मात्र टेस्ट खेल्ने कार्यक्रम पनि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026