इन्डोनेसियामा भयानक सडक दुर्घटना : कङ्क्रिटको पर्खालमा बस ठोक्किँदा १६ जनाको मृत्यु
जकार्ता । इन्डोनेसियामा भयानक सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। सोमबार स्थानीय समय अनुसार मध्यरातमा ३४ जना यात्रु बोकेको बस कङ्क्रिटको पर्खालमा ठोक्किएको थियो ।
यस घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ । अरू धेरै जना घाइते भएका छन्। बस चालकले नियन्त्रण गुमाएर बस कङ्क्रिटको पर्खालमा ठोक्किएर पल्टिएको
खोज तथा उद्धार एजेन्सीका प्रमुख बुडियोनोले जानकारी दिएका छन् । बस राजधानी जकार्ताबाट प्राचीन शाही सहर योग्याकार्ता जाँदै गर्दा सो दुर्घटना भएको प्रहरीले बताएको छ। दुर्घटनामा धेरै जना घाइते भएका । उनीहरूलाई अस्पतालमा भर्ना गरिएको बताइएको छ।
तीव्र ठक्करले गर्दा धेरै यात्रुहरू बसबाहिर खसेका र बसको बडीमा फसेका बुडियोनोले भनेका छन् । दुर्घटनाको लगभग ४० मिनेट पछि प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर मृतक यात्रुमध्ये ट जनाको शव निकालेका थिए ।
अस्पताल लैजाने क्रममा वा उपचारको क्रममा अन्य १० जनाको मृत्यु भएको बुडियोनोले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण