राष्ट्रिय सभा निर्वाचनमा नेकपाले कांग्रेससँग तालमेल गर्न लागेको हो ?
सारांश
- नेकपाले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न परिपत्र जारी गरेको छ।
- पार्टीले एकतामा जोडिएका घटकहरूको सहमतिमा उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ, तर अन्य दलहरूसँगको तालमेलबारे निर्णय भएको छैन।
- कांग्रेस र नेकपाबीच चुनावी तालमेलबारे छलफल नभएको र नेकपाले युवा र महिलालाई प्राथमिकता दिँदै उम्मेदवार सिफारिस गर्ने जनाएको छ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुस ११ गतेभित्र प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेर पठाउन प्रदेश र जिल्लामा परिपत्र पठाएको छ । नेकपाले शनिबार पठाएको परिपत्रमा एकतामा जोडिएका घटकहरूको सहमतिमा उम्मेदवार सिफारिस गरेर पठाउन निर्देशन दिइएको थियो ।
प्रतिनिधि सभा सदस्यको निर्वाचन फागुन २१ गते र राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गतेका लागि तोकिएको छ । चुनावका लागि अन्य राजनीतिक दलसँग तालमेल गर्ने विषयमा ठोस निष्कर्षमा नपुगेको नेताहरूले बताएका छन् ।
मंसिर ११ गते राष्ट्रिय सभागृहमा आयोजित एकता सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक शक्तिबिच मोर्चाबन्दी गर्ने विषयमा नेपाली कांग्रेससँग छलफल जारी रहेको बताएका थिए । संसद् पुनर्स्थापनाका लागि विघटित प्रतिनिधि सभाका बहुमत सांसदको हस्ताक्षर जुटाएका कांग्रेस र नेकपा एमाले पूरक रिट दायरका लागि सर्वोच्च अदालत जाने तयारीमा छन्, तर नेकपा निर्वाचनको पक्षमा उभिएको छ ।
सो पार्टीका नेता हरिबोल गजुरेलले कांग्रेससँग चुनावी तालमेलको विषयमा छलफल नभएको जिकिर गरे । राष्ट्रिय सभा निर्वाचन सम्बन्धमा आवश्यकता अनुसार मधेस केन्द्रित दलहरूसँग तालमेल हुन सक्ने उनको भनाइ छ ।
‘राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग तालमेल गर्ने विषयमा छलफल भएकोजस्तो मलाई लाग्दैन । शीर्ष तहमा टेलिफोन वार्ता हुनु सामान्य नै हो । मधेस प्रदेशको हकमा आवश्यकता अनुसार मधेसवादी दलहरूसँग छलफल हुन पनि सक्छ । यद्यपि पार्टीले चुनावी तालमेल गर्ने विषयमा ठोस निर्णय गरेको छैन’, रातोपाटीसँग उनले भने ।
कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पनि नेकपासँग चुनावी तालमेल गर्ने विषयमा छलफल नभएको जानकारी दिए । ‘शीर्ष तहमा टेलिफोन वार्ता भएको भए अर्कै कुरा, तर राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको विषयमा भेटेर कुनै छलफल भएको छैन । नेकपाबाट चुनावी तालमेलको प्रस्ताव आएको हुनसक्छ’, उनले भने ।
नेकपाले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना जेनजी युवा र एक महिलासहित बढीमा ५ जना सिफारिस गर्ने भनिएको छ । सिफारिस भएको उम्मेदवार यसअघि निर्वाचित जनप्रतिनिधि भए/नभएको खुलाउने, सिफारिस गर्दा लोकप्रिय र जित्ने उम्मेदवारलाई प्राथमिकतामा राख्न परिपत्रमा भनिएको छ ।
यसैगरी समानुपातिकतर्पm एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाबाट कम्तीमा २ महिलासहित ४ जना सिफारिस गर्ने, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाबाट प्रत्येक निर्वाचन क्षेत्रबाट थप २ जना सिफारिस गर्ने र सम्पर्क समन्वय प्रदेशले २ महिला २ पुरुष गरी ४ जना सिफारिस गर्ने भनिएको छ ।
उपत्यका विशेष प्रदेशले २ महिला, २ पुरुष गरी ४ जना सिफारिस गर्ने, प्रवास प्रदेशले २ महिला र २ पुरुष गरी ४ जना सिफारिस गर्ने, जनवर्गीय संगठन र मोर्चाको केन्द्रीय समितिले २ महिला र २ पुरुष गरी ४ जना सिफारिस गर्ने, संविधान तथा प्रचलित कानुनले तोकेबमोजिम महिला, दलित, जनजाति, मधेसी, थारु, मुस्लिम, अपांगता, पिछडिएको क्षेत्र, अल्पसंख्यक आदि क्लस्टरलाई ध्यान दिँदै सिफारिस गर्न भनिएको छ ।
यस्तै सहिद परिवार, बेपत्ता परिवार, द्वन्द्व–पीडित, घाइते, अपांगता भएका तथा आर्थिक रूपले विपन्न वर्गलाई प्राथमिकतामा राख्न र एकै परिवारका एकभन्दा बढी व्यक्तिलाई सिफारिस नगर्न भनिएको छ ।
यसैगरी राष्ट्रिय सभातर्फ उम्मेदवारको सिफारिस प्रदेश र प्रतिनिधि सभाको समानुपातिक र प्रत्यक्षको सिफारिस जिल्ला तहबाट गर्न निर्देशन दिइएको छ । राष्ट्रिय सभाका लागि प्रदेशले यस पटक निर्वाचन हुने प्रत्येक क्लष्टरबाट बढीमा ५–५ जना सिफारिस गर्ने भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण