संविधान संशोधन नगरी मुलुकले निकास पाउँदैन : उपेन्द्र यादव
सिरहा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नगरी चुनावमा गए पनि मुलुकले निकास नपाउने बताएका छन् ।
साेमबार दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसङ्ख्यक समुदायहरूको (डोटिम) परिसङ्घले आयोजना गरेको कार्यक्रममा उहाँले विगतमा सबै जनताको भावनालाई उचित सम्बोधन नगर्दा मुलुक अस्थिर भइरहेको बताए।
अध्यक्ष यादवले भने,“संविधान संशोधन र परिमार्जन मात्र नभई आवश्यकताका आधारमा पुनर्लेखन गर्नुपर्ने छ । संविधानको उपचार नगरी अहिलेकै अवस्थामा चुनावमा गए मुलुकका समस्या ज्यूँकात्यूँ रहन्छन् । त्यसैले हाम्रो आग्रह छ, फेरि समस्या नआउने गरी संविधानमा सुधारका काम गरौँ ।”
डोटिम परिसङ्घका अध्यक्ष चन्देश्वर पासावानको अध्यक्षतामा भएको कार्यक्रमका अन्य वक्ताहरूले पनि परिवर्तनलाई थप संस्थागत गर्न मुलभूत समस्याको पहिचा गरेर समाधान गर्न लाग्नुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमविरुद्ध इजिप्टको सुरुवाती अग्रता
-
मध्यरातको बजेट भाषण: सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण