सजन राईले ल्याए जेनजी सहिदको भावना समेटिएको गीत ‘अझै हामी मरेको छैनौँ’
सारांश
- गायक सजन राईले जेनजी आन्दोलन र सहिदको भावना समेटिएको गीत 'अझै हामी मरेको छैनौँ' सार्वजनिक गरे।
- गीतमा सहिदको भावना व्यक्त गर्दै शासकहरूलाई प्रश्न सोधिएको छ, र युवाहरूको बलिदानको स्मरण गरिएको छ।
- लोकपप शैलीको गीतमा जेनजी आन्दोलनका दृश्यहरू समेटिएको भिडियो पनि बनेको छ।
काठमाडौँ । गायक सजन राईले जेनजी आन्दोलन र त्यसका सहिदको भावना समेटिएको गीत ‘अझै हामी मरेको छैनौँ’ ल्याएका छन् । जगन निरौलाको शब्द रहेको गीतमा संगीत तथा एरेन्ज गायक राईकै छ ।
‘ए शासकहरू हो तिमीहरूलाई सत्तासीन गराउन हामी हजारौँले बलिदान गर्यौँ, अहिले तिम्रा स्वार्थ र बेमानी विरुद्ध बलि चढिरहेका छौँ’ भन्दै सुरु भएको गीतमा ‘तिमीहरू हामीलाई सहिद भन्छौ, तर किन हाम्रो रगत हरेक पटक दुरुपयोग गर्छौ ?’ ‘सत्ता र शक्तिलाई किन आफ्नो स्वार्थमा उपयोग गर्छौ ?’ ‘किन बिर्सन्छौ हाम्रो त्याग र बलिदानलाई ?’ भन्ने प्रश्नैप्रश्न गरिएको छ ।
गीतमा सहिदहरूले देशमा परिवर्तन नदेखेसम्म आफू जागेको र ढलेको दिन सम्झाइरहने भन्ने भावना समेत व्यक्त छ ।
गीतमा जेनजी आन्दोलनलाई युवा जागेको दिन र देशले सुशासन मागेको दिनको रूपमा चर्चा गर्दै शासकसँग संस्कार खोज्दा सहिद बन्नु परेको भनिएको छ ।
लोकपप शैलीमा तयार गीतमा पुरै सहिदको भावना व्यक्त गरिएको छ । गीतको भिडियो पनि बनेको छ । भिडियोमा पुराना सहिददेखि जेनजी आन्दोलसम्मका विभिन्न दृश्य समेटिएको छ । गीतमा गितार सञ्जीव लिम्बु र बाँसुरी रत्न बिकको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण