माघ ९ गतेदेखि छैटौँ टाइगर कप भलिबल हुने
सारांश
- छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिप माघ ९ देखि १७ गतेसम्म पोखरामा हुने भएको छ।
- च्याम्पियनसिपमा ४ विदेशी टोलीसहित १४ टोलीले प्रतिस्पर्धा गर्नेछन्, जसमा पुरुष र महिलातर्फ ७-७ टोली रहनेछन्।
- विजेताले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेताले ३ लाख ६६ हजार ६६६ रुपैयाँ पाउनेछन्, साथै सिजनल टिकटको व्यवस्था गरिएको छ।
पोखरा । छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिप आगामी माघ ९ देखि १७ गतेसम्म हुने भएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने च्याम्पियनसिपमा ४ विदेशी टोलीसहित १४ टोलीले सहभागिता जनाउनेछन् । पुरुष र महिलातर्फ ७–७ टोलीले सहभागिता जनाउने टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । पुरुषतर्फ माल्दिभ्सको माल्दिभ्स भलिबल एशोसियसन र भारतको गुजरात भलिबल क्लब विदेशी टोलीको रूपमा रहनेछ ।
स्वदेशीको टोलीको रूपमा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एपीएफ, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ छन् । महिलातर्फ युनाईडेट प्यासन भलिबल क्लब, थाइल्यान्ड र थाइल्यान्ड क्वीन्स विदेशी टोलीको रूपमा सहभागी छन् । तीन विभागीयसहित न्यू डायमण्ड युथ स्पोट्र्स र एभरेस्ट भलिबल क्लब महिलातर्फ सहभागी छन् ।
यस पटक गत वर्षको तुलनामा पुरस्कार राशिमा वृद्धि गरिएको छ । पुरुष र महिला दुवैतर्फ विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ पाउनेछन् । तेस्रो हुने टोलीलाई एक लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
सर्वोत्कृष्ट हुने खेलाडीले २६ हजार ६६६ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले ११ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजना गर्दा करिब एक करोड ८० लाख खर्च लाग्ने अध्यक्ष शर्माले जानकारी दिए ।
खेल हेर्नका लागि पहिलो पटक सिजनल टिकटको व्यवस्था गरिएको छ । ३ हजार ५ सय रुपैयाँमा दर्शकले प्रतियोगिताका सबै खेल हेर्न पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण