तोडियो संवादहीनता : साढे ३ महिनापछि प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेता एकैठाउँमा
सारांश
- जेनजी आन्दोलनपछि सरकार र दलका नेताहरूबीचको संवादहीनता तोड्न राष्ट्रपतिले भेटवार्ताको आयोजना गरे।
- भेटमा प्रधानमन्त्री, कांग्रेस सभापति, एमाले अध्यक्ष र माओवादी केन्द्रका अध्यक्षबीच निर्वाचन र समसामयिक विषयमा छलफल भयो।
- एमालेले संसद पुनर्स्थापना र सर्वदलीय सरकार गठनको प्रस्ताव राखेको छ, जसले जेनजीका माग सम्बोधन गर्न सकिने जनाएको छ।
काठमाडौँ । जेनजी आन्दोलनपछि सरकार र प्रमुख दलका शीर्ष नेता तीनतिर फर्किएका बेला मंगलबार पहिलो पटक एकठाउँमा भेटवार्ता गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित प्रमुख दलका शीर्ष नेतालाई एकै ठाउँमा भेटवार्ता गर्ने अवसर जुराइदिएका हुन् । यसअघि प्रधानमन्त्री कार्कीले प्रमुख दलका शीर्ष नेतालाई एक्लै नभेट्ने बताउँदै आएकी थिइन् । प्रमुख दलका शीर्ष नेताले फागुन २१ को निर्वाचन लगायतमा प्रधानमन्त्रीले आफूहरूसँग कुनै छलफल नगरेको भन्दै गुनासो गर्दै आएका थिए ।

जेनजी सरकार गठन भएको तीन महिनापछि मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डविच भेटवार्ता र निर्वाचनबारे कुराकानी भएको हो ।
योसँगै प्रधानमन्त्री र प्रमुख दलका नेताबिचको संवादहीनता तोडिएको छ । सरकारले निर्वाचनको तयारी गरिरहेका समयमा नेकपा एमाले र कांग्रेस संसद पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालत गएका छन् ।
एमाले अध्यक्ष ओलीले संसद पुनर्स्थापना तथा सर्वदलीय सरकार गठन गरेर संसदबाटै जेनजीका माग सम्बोधन गर्न सकिने प्रस्ताव अघि सारेका बेला शीतल निवासमा त्रिपक्षीय भेटवार्ता भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण