वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स्वागत गरेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८२ गत कात्तिक ३० गते शुल्क वृद्धि गरी ९ हजार ५०० बनाएको थियो । यद्यपि यसअघि ६ हजार ५०० शुल्कमा वृद्धि भएको हो । त्यो शुल्कले वैदेशिक रोजगारमा जाने कामदारलाई भार परेको भन्दै व्यावसायीहरूले चौतर्फी विरोध जनाएका थिए ।
श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले अत्यन्त चर्को शुल्क भएको महशुस गरेर कामदारको हितका लागि बृद्धि भएको शुल्क खारेज गरिएको बताए ।
मन्त्रालयले यही पुस ४ गते शुल्क वृद्धि गर्ने निर्णय खारेजी गरेको आज जारी विज्ञप्तिमा उल्लेख गरेको छ । विज्ञप्तिमा वृद्धि गरेको शुल्क खारेज गरेर साविककै शुल्क लागु हुने भनिएको छ ।
मन्त्रालयले ३४ वटा स्वास्थ परीक्षण आवश्यक भएको भन्दै ९ हजार ५०० शुल्क बनाएको भए पनि जुन गन्तव्य मुलुकहरूमा सबै जाँच गर्न आवश्यक नरहेको वैदेशीक रोजगार सङ्घका अध्यक्ष भुवनसिंह गुरुङले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण