काठमाडौँ–१ मा विवाद चर्किएकै बेला रवीन्द्र मिश्रको नाम पर्सा–३ बाट पनि सिफारिस
काठमाडौँ । फागुन २१ गते तय प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको नाम पर्सा क्षेत्र नम्बर–३ बाट पनि सिफारिस भएको छ।
काठमाडौँ क्षेत्र नम्बर–१ मा उनको सिफारिसलाई लिएर विवाद भइरहेका बेला पर्सा क्षेत्र नम्बर–३ को क्षेत्रीय कार्यसमितिले मिश्रलाई प्रत्यक्षतर्फ पहिलो नम्बरमा राखेर केन्द्रमा नामावली पठाएको हो।
मंगलबार क्षेत्रीय अध्यक्ष नरेन्द्र प्रसाद चौरसियाको अध्यक्षतामा बसेको भेलाले मिश्रसहितका उम्मेदवारहरूको नाम टुङ्गो लगाएको हो। जसअनुसार पर्सा–३ बाट प्रत्यक्षतर्फ रवीन्द्र मिश्र, अंगद ठाकुर, नगिना कुमार यादव, नरेन्द्र प्रसाद चौरसिया र दिपेश साहको नाम सिफारिस भएको छ।
मिश्रको नाम पर्साबाट सिफारिस भए पनि उनी काठमाडौँ–१ बाटै लड्ने तयारीमा छन् । तर काठमाडौँ–१ बाट दुई वटा छुट्टाछुट्टै नामावली सिफारिस भएपछि विवाद सतहमा आएको हो।
एउटा समूहले पुस १ गते नै मिश्रबाहेक पूर्वअध्यक्ष पशुपति शमशेर राणा र सहकोषाध्यक्ष सोभित उप्रेती लगायतको नाम सिफारिस गरेको थियो। तर, पुस ६ गते पुनः मिश्रकै सहभागितामा बैठक बसी उनलाई एक नम्बरमा राखेर अर्को सूची पठाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण