नेता कार्यकर्तालाई तत्काल कार्यक्षेत्र फर्कन एमाले महासचिव पोखरेलको निर्देशन
सारांश
- एमाले महासचिव शंकर पोखरेलले महाधिवेशनमा भाग लिएर काठमाडौँमा बसेका नेता कार्यकर्तालाई कार्यक्षेत्र फर्किन निर्देशन दिए।
- उनले महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई पनि कार्यक्षेत्रमा गएर काम गर्न निर्देशन दिएका छन्।
- पोखरेलले दोस्रो विधान महाधिवेशनका दस्ताबेज र ११औँ राष्ट्रिय महाधिवेशनका सन्देश लिएर जनतामा जानुपर्ने बताए।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले महाधिवेशनमा भाग लिन काठमाडौँ आएका नेता कार्यकर्तालाई तत्काल कार्यक्षेत्र फर्कन निर्देशन दिएका छन् ।
मंगलबार प्रदेश कमिटीका र जिल्लाको सचिवालयका सदस्यहरूलाई महाधिवेशनका सन्देशका सन्दर्भमा भर्चुअल सम्बोधन गर्दै उनले काठमाडौँमै बसिरहेका नेता कार्यकर्तालाई आफ्नो कार्यक्षेत्र फर्कन निर्देशन दिएका हुन् । ‘महाधिवेशनका लागि काठमाडौँ आएर अझै यतै बसिरहनु भएका कमरेडहरू आफ्नो कार्यक्षेत्र फर्किनुहोस्’ महासचिव पोखरेलले भने ‘महाधिवेशनको सन्देश, नेतृत्व छान्न गरेको उन्नत लोकतान्त्रिक अभ्यासका बारेमा कार्यकर्तालाई बताउनुहोस् ।’
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ गतेदेखि पुस ३ गते सम्म चलेको थियो ।
महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई पनि उनले कार्यक्षेत्रमा नै गएर काम गर्न निर्देशन दिएका छन् । महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्यहरूको कार्य विभाजनको जिम्मा सचिवालयलाई दिएकोले विगतका कामको मूल्याङ्कनका आधारमा जिम्मेवारी दिइने भएकोले काठमाडौँमा यस्ता विषयमा नअलमलिन पनि उनले आग्रह गरे । पार्टीले जिल्ला जिल्लामा खबरदारी सभाहरू आयोजना गरिरहेकोले त्यसको तयारी र जनता जुटाउने कार्यमा लाग्न पनि उनले मातहतका कमिटीलाई आग्रह गरेका छन् । ‘हामीले विभिन्न जिल्लामा खबरदारी सभा आयोजना गर्दैछौं । अहिले त्यसको नेतृत्व जिल्लामा रहनु भएका सिनियर केन्द्रीय सदस्यले गर्नुहुनेछ’ पोखरेलले भने, ‘प्रदेश र जिल्ला कमिटी कार्यकारी हुन् । उनीहरुले कार्यक्रम आयोजना गर्दछन् । त्यसैले कार्य विभाजन भएको छैन भनेर नअलमलिन केन्द्रीय सदस्यहरूलाई पनि आग्रह गर्दछु । ’

महासचिव पोखरेलले दोस्रो विधान महाधिवेशनका दस्ताबेज र ११ औँ राष्ट्रिय महाधिवेशनका सन्देश लिएर जनतामा जानुपर्ने बताएका छन् । नयाँ सन्देश सहित जनतामा जाँदा एकैचोटी दुईवटा तयारी हुने पोखरेलले बताए । ‘महाधिवेशनबाट उठेको मनोबल लिएर जनतामा गएपछि केही ने केही नयाँ सन्देश दिन सकिन्छ’ महासचिव पोखरेलले भने, ‘यसले आन्दोलन गर्नुपरे पनि आधार तय गर्दछ । चुनावमा जानु परे पनि आधार तय गर्दछ ।’
महासचिव पोखरेलले कतिपय जिल्लाका अध्यक्षहरू केन्द्रीय नेतृत्वमा प्रतिस्पर्धा गरेका कारण उनीहरूको पद स्वतः रिक्त भएकोले त्यस्ता जिल्लाहरूले पनि पार्टी कामलाई असर नपर्ने गरी काम गर्न निर्देशन दिएका छन् । ‘सकेसम्म कार्यकारी कमिटीका नेताहरू उम्मेदवार नबनुन् भन्ने चाहना रहेको थियो’ उनले भने ‘तर केही जिल्ला अध्यक्षहरू उम्मेदवार हुनुभयो । जसले गर्दा जिल्ला अध्यक्ष विधान बमोजिम रिक्त भयो । त्यस्ता ठाउँमा पनि पार्टी कामलाई असर नपर्ने व्यवस्था गर्नुहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण